छात्रालाई जबरजस्ती गर्न प्रयास गर्ने नवलपरासीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रहरीको नियन्त्रणमा परेका छन्।निरकु माविमा अध्ययन गर्ने जहदा २ लेबडाकी १६ वर्षिय छात्रा माथि जर्वजस्ती गर्न खोज्ने सोमनी गाविस ३ घोडाहा स्थित जनता प्राविका प्रधानाध्यापक ३८ वर्षिय रामनाथ चौधरीलाई प्रहिरले नियन्त्रणमा लिएको छ।शिक्षक चौधरीले आफुलाई जबरजस्ती गर्न खोजेको भन्दै पिडित किशोरीले प्रहरिमा उजुरी दिएकी थिईन्।