मेषराशि (चू, चे, चो, ला, ली, लु, ले, लो, अ) मेष राशिको लागि मध्यम समय रहेपनि केही यादगार क्षणको अनुभूति गर्न पाइने छ । सभा, सम्मेलन आदिमा तपार्इंको उपस्थिति रहने छ । मित्रता गहिरो गरी अघि बढ्ने छ । नसोचेका काममा लगानी गरे पनि लगानी ब्यर्थ जाने छैन । आर्थिक रुपमा अघि बढ्ने समय रहेको छ । कार्य व्यस्तताको बीच पनि सामाजिक काममा भने लागिने छ । अपरिचितको साथ पाइने छ भने आफन्तहरु अलि टाढा रहने छन् । विचार र व्यवहारले तपार्इंलाई सबैको पुजनीय बनाउने छ । शैक्षिक र सामाजिक कामको लागि समय उपयुक्त रहने छ । साताको सुरुमा आर्थिक काम सम्पन्न हुनेछन् । मित्रता गहिरो गरी भोग गर्न पाइने छ । मितेरी सम्बन्ध अरु प्रगाढ हुनेछ । सामाजिक कामको लागि समय मध्यम रहनेछ । साताको मध्यतिर घरमा शुभ कामको थालनी हुनेछ । साताको अन्त्य यात्रा र ब्यापारको लागि उत्तम रहेको छ । समग्रमा साताको २९, ३०, ०१ र ०३ गते विशेष फलि रहने छन् । राशि स्वामी –मंगल, शुभ रत्न –मुँगा, शुभ दिशा पूर्व, शुभ रंग – रातो, शुभ अंक – ०१ । बृषराशि (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) तपार्इंको लागि साता मिश्रीत फलि रहने छ । केही नयाँ अनुभूति संगाल्ने मौका मिल्ने छ । प्राकृतिक विपदाको समय रहेको छ । केही साना तिना कुराको लागि खर्च होला । जिविकोपार्जनका स्रोत पत्ता लाग्ने छन् । कार्य क्षेत्र फराकिलो बनेपनि साना तिना झमेला र विवाद आइपर्ने छन् । सीमित कार्यको लागि अधिक धन व्यय होला र धनको प्रयोगमा समस्या आइपर्न सक्ने छ । सामाजिक कामको लागि समय उत्तम रहेको छ । झुठा आरोप, मुद्दा खारेज हुनेछन् । सामजिक प्रतिष्ठाको विषयमा अति संवेदनसिल रहनु पर्ने देखिएको छ । अपरिचित व्यक्तिबाट घात हुने समय छ । मौकाको सदुपोग गर्ने सन्दर्भमा चुकिने छ । सन्तान मार्गबाट सोचेको कुरा नहुँदा नैराश्यता बढ्ने छ । जलकारक बस्तुको व्यापार घाटा दिनेवाला छ । नसोचेको यात्रा तय हुनेछ । विचार र विवेकले भने अरुलाई भन्दा भिन्नै बनाउने छ । कार्य क्षेत्रमा ब्यस्तता बनिरहने छ । सामाजिक कामबाट भने उचित प्रतिफल पाइने छ । साताको अन्त्य केही निराशाजनक रहने छ । अरुको लागि केही राम्रो गर्ने सोचले भने आफूलाई महान बनाउने छ । समग्रमा साताको २९, ३०, ०३ र ०४ गते शुभ फलि रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ । मिथुनराशि (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन राशिको लागि यो साता मध्यम फलि रहने छ । सोचेका धेरै जसो कामना पुरा होलान् । मानसिक शान्ति भएको अनुभूति हुनेछ । कार्य व्यस्तताको बीच पनि व्यक्तिगत कामको तलासी लिन भुलिने छैन । यो साता यात्रा र बैदेसिक कामको लागि उत्तम रहने छ । विश्वासपात्र व्यक्तिको सहयोगले सोचेको भन्दा राम्रो काम सम्पन्न गर्न सफल भइने छ । आर्थिक कार्यको लागि ब्यापार व्यवसायमा लगानी हुन सक्ने छ । आफ्ना राम्रा कुराको पछि सबैको सहयोग हुनेछ । घरमा केही शुभ मांगलिक कामहरु सम्पन्न हुनेछन् । बितेको कुराले भने मानसिक चिन्ता दिनेछ । शैक्षिक क्षेत्रको लागि खर्च हुनेछ । तपार्इंको प्रगतिलाई देखेर निराश हुनेहरु भेटिने छन् । साताको अन्तिम तिर विशेष यात्राको लागि समय उत्तम रहेको छ । विवादित कुराको अन्त्य हुनेछ । केही रोचक कुरामा खर्च होला । कला, साहित्य र रचनात्मक कामको लागि यो साता उत्तम रहला । समग्रमा साताको ३०, ०१, ०३ र ०४ गते विशेष लाभदायक दिन रहलान् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – पश्चिम, शुभ अंक – ०३ । कर्कटराशि (ही, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिको लागि यो साता उत्तम फलि रहेको छ । साताको सुरुमा धेरै नयाँ कामको लागि समय उपयुक्त रहने छ । घरमा शुभ कामको सिद्धि हुनेछ । मित्रता दिगो रुपमा अघि बढ्ने छ । मानसिक शान्ति भएको अनुभूति हुनेछ । वैचारिक रुपमा आफू तल परिने स्थिति रहेपनि तपार्इंको कामको उचित जस मिल्ने छ । भनाइ र गराइमा एकरुपता आउने र सोचेको समयमा नै काम पुरा हुने हुँदा धेरै प्रतिफल पाइने बेला रहेको छ । शैक्षिक क्षेत्रको लागि लगानीको समय रहेको छ । बैदेसिक कामको लागि भने समय त्यति उत्तम नरहला । लामो समयबाट रोक्किएका काम बन्ने छन् । भोलिको लागि सोच राखेर गरिने काम पुरा हुनेछन् । परिवारमा नयाँ खुसी थपिने छ । आय आर्जनका स्रोत बढ्लान् । साताको मध्यतिर सामान्य माल सामान गुम्ने या चोरी हुने योग छ । केही सानातिना कुरामा झमेलाको स्थिति समेत आउने देखिएको छ । कार्य क्षेत्रमा केही नयाँ उत्साह थपिने छ । न्यायमा तपार्इंको विजय हुनेछ । समग्रमा साताको ०१, ०३, र ०४ गते विशेष रहलान् । राशि स्वामी – चन्द्रमा, शुभ रंग –सेतो, शुभ रत्न – मोति, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ । सिंहराशि (मा, मि, मू, मे, मो, टा, टी, टु, टे) तपार्इंको राशि क्रुर राशिहरुको बीचमा रहेपनि सूर्यको सकारात्मक प्रभावले गर्दा लाभै हुनेछ । केही न्यायिक कुरामा समस्या आउने छन् तर मित्रको साथले गर्दा त्यो आफ्नो पक्षमा हुनेछ । मनमा अनेक सोचेले गर्दा मानसिक अशान्ति हुनेछ । माया, पिरतीका कुरामा आफू तल परिने छ । बैदेसिक कामको लागि लगानी होला । अपरिचित व्यक्तिको साथ पाइने छ । लामो दुरीको यात्रा कमजोर रहने छ । शैक्षिक क्षेत्रको लागि समय उत्तम रहेको छ । सन्तान मार्गबाट खुसी मिल्ने छ । आफ्ना प्रगतिसिल गतिविधिले गर्दा अरुलार्इ आफूतिर तान्न सफल भइने छ । भोलिको बाटो देखेर खुसी हुने समय छ । तर भावनामा मात्र बग्ने कुराले भने काम गर्न अलि गाह्रो पर्नेछ । व्यक्तिगत कामना सिद्धि हुनेछन् । कसैको लागि केही सहयोग गर्न पाउँदा खुसी मिल्ने छ । समग्रमा यो साता मध्यम फलि रहने छ । साताको ३०, ०१, ०३ र ०४ गते विशेष शुभ रहेका छन् । राशि स्वामी – सूर्य, शुभ रंग – रातो, शुभ रत्न – माणिक्य, शुभ अंक – ०१ । कन्या राशि (टो, प, पी, पु, ष, ण, ठ, पे, मो) कन्या राशिको लागि समय उत्तम फलि रहने छ । बेरोजगारीको अन्त्यको लागि गरिने प्रयास सफल हुनेछन् । कार्य क्षेत्र विशेष रहने छ । अपत्यारिला कुरा पुरा हुनेछन् । अरुलाई साथ लिएर गरेका काम सफल हुनेछन् । मित्रता गहिरो गरी अघि बढ्ने छ । नयाँ अनुभूति संगाल्ने समय रहेको छ । पशुपालन र कृषि सम्बन्धी कार्य सफल हुने देखिएको छ । आर्थिक र सामाजिक रुपमा अघि बढ्न सहज हुनेछ । मितेरी सम्बन्धमा नयाँ आयाम थपिने छ । निरन्तरको प्रयासबाट हुने कुनै पनि काम बन्ने छ । साताको सुरुमा केही कानुनी अफ्ठ्यारा देखिए पनि साताको अन्त्यसम्ममा मिल्ने छन् । परिवारमा सबैको साथ पाइने छ । इमान्दार व्यक्तिको साथ पाइने छ । बैदेसिक काम बन्ने छ । कला र साहित्यप्रति लगाव हुनेछ । मित्रको दरिलो भर रहने छ । साताको मध्यतिर यात्रा सुखद रहला । केही ब्यापारिक बाधा फुक्ने छन् । साताको अन्त्य विशेष रहने छ । समग्रमा साताको २८, ३०, ०१ र ०४ गते विशेष रहने देखिएको छ । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६ । तुलाराशि (र, री, रु, रे, रो, ता, ती, तू, ते) साता मध्यम फली रहला । ब्यर्थका कुरामा अधिक भागदौड हुने स्थिति आउने छ । केही विवादित कुराले मानसिक अशान्ति ल्याउने छ । कार्य क्षेत्र केही विवादयुक्त रहन सक्ने छ । आर्थिक कारोवारमा अति सावधान रहनु पर्ने देखिएको छ । सोचेको भन्दा समय केही अलग आउन सक्छ, यसलाई सहि रुपमा स्वीकार गर्नु पर्ने छ । परिवारमा फाटो ल्याउनेहरु भेटिने छन् । शैक्षिक क्षेत्रको लागि केही राम्रा आवसर हात पर्ने छन् । सामाजिक मर्यादा भुलेर गरिने काम त्यति उपयुक्त नरहने देखिएको छ । ब्यापार घाटा होला । बनेको काम अन्त्यमा बिग्रँदा काम गर्ने जाँगर मरेर आउने छ । शैक्षिक क्षेत्रमा गरेको लगानी ब्यर्थ जान सक्ने छ । साताको अन्त्यमा झुठा आरोपको सामना गर्नु पर्ने हुनेछ । आपसी सम्बन्धलाई लिएर खटपटको स्थिति रहन सक्ने छ । समग्रमा साताको २९, ०२, ३ र ०४ गते विशेष शुभ रहने देखिएको छ । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ । वृश्चिकराशि (तो, ना, नी, नू, ने, नो, या, यि, यु) वृश्चिकराशिको लागि साता केही कमजोर रहने छ । सोचेको कुरा अधुरै रहन सक्ने छ । भेटघाट र भलाकुसारीको परिणाम निकै सहज रुपमा आउने छ । माया पिरतीमा सफल भइने छ तर मित्रको विश्वास भने गुमाइने छ । रोचक प्रसङ्गमा अधिक समय खर्चिइने छ । भोलिको लागि सोच राखेर गरिने काम बिग्रेलान् । कार्य दक्षताको अभावले गर्दा हातमा आइसकेको अवसर गुम्न सक्ने छ । पशुपालन र कृषि कार्यको लागि भने समय उपयुक्त रहने देखिएको छ । विवादमा भरसक हात नहालेको बेश हुनेछ । मातृभूमिको लागि केही राम्रो गर्ने सोच राखे पनि सफल भने भइने छैन । कार्य क्षेत्र केही विवाद युक्त रहन सक्ने छ । सन्तान मार्गबाट भने लाभ हुने देखिएको छ । साताको प्रारम्भ उपयुक्त फलि रहला । इमान्दार प्रयासका बीच पनि केही सोचहरु अधुरा रहन सक्ने छन् । साताको मध्य उत्तम रहने छ । साताको अन्त्य पनि केही उतार चढाव दिनेवाला रहेको छ । समग्रमा साताको २८, २९, ३० र ०१ गते विशेष फलि रहलान् । राशि स्वामी – मंगल, शुभ रंग – रातो, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ । धनुराशि (य, यो, भा, भी, भू, ध, फा, ढ, भे) धनुराशीको लागि समय उपयुक्त रहेको छ । अधूरा कामना पुरा हुनेछन् । यात्राहरु सफल हुनेछन् । आफूमा केही नयाँ गर्ने सोच प्रवल हुनेछ । मित्रता दिगो रुपमा अघि बढ्ने छ । सीमित कामनाहरु पुरा हुने र दीर्घकालिन सोचका काममा लगानी हुनेछ । व्यक्तिगत समस्याको अन्त्य र सामाजिक कामको लागि उत्तम वातावरण बन्ने छ । अनायासै कुनै कुरामा झमेला आइपर्ने तर अन्त्यमा मिल्ने देखिएको छ । भोलिको मार्गदर्शन गर्ने अभिभावकको साथ पाइने छ । रमणीय स्थान भ्रमण होला । सभा, सम्मेलन आदिमा भाग लिने मौका मिल्ने छ । साताको सुरुमा ब्यर्थका भागदौडहरु बन्ने छन् । आपसी कलहको अन्त्य र व्यक्तिगत विकासको लागि क्रियासिल भइने छ । साताको मध्यतिर सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । मित्रहरु सीमित रुपमा पाइने भएपनि दिगो रुपमा काम लाग्ने छन् । सहि समयमा गरेको निर्णय सहि सावित हुनेछ । भोलिको लागि केही राम्रा अवसर पाइने छन् । साताको ०२, ०३ र ०४ गते विशेष रहलान् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – पूर्व, शुभ अंक – ०४ । मकरराशि (जो, जा, जी, खी, खू, खे, खो, गा, गी) व्यक्तिगत चिन्तनमा सुधार गर्दै अघि बढ्ने बेला आएको छ । तपार्इंको पेशा र काम गराईको स्थितिमा एकरुपता नआउँदा सफल हुन धेरै मेहनत गर्नु पर्नेछ । हातमा सिप र कलाको भरपुरता रहेपनि काम गर्ने तरिका कमजोर रहँदा अघि बढ्न मुस्किल प्रायः हुनेछ । साताको सुरुमा गरेका काम दिगो गरी अघि बढ्नेछन् । केही सामाजिक बाध्यताका कारण अघि बढ्न सकत होला । मेहनतअनुसार दाम नपाउँदा केही गर्ने जाँगर मरेर आउने छ । आफन्तबाट केही अशुभ समाचार सुन्नु पर्ने हुनेछ । साताको मध्यतिर नसोचेका कामको लागि लगानी हुनेछ । केही कार्य व्यस्तता बने पनि सोचेको प्रतिफल भने पाइने छ । सामाजिक जीवनमा भने केही रमाइलो कार्य सम्पन्न हुनेछ । माया पिरतीका कुरामा पछिपरिने समय रहेको छ । लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ । साताको अन्त्य सुखद रहने छ । साताको २९, ०१ र ०४ गते विशेष फलि रहने छन् । राशि – स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ । कुम्भराशि (गू, गे, गो, सा, सी, सु, से, सो, द) कुम्भराशिको लागि समय मिश्रीत फलि रहने छ । साताको अधिकतम समय यात्रामा बित्ने छ । लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ । इमान्दार प्रयासले गर्दा सोचेका धेरै जसो काम सम्पन्न हुनेछन् । मार्गदर्शन गर्नहरुको अभावमा आफूले गरेको निर्णय गलत हुन सक्ने छ । कार्य व्यस्तताले तपार्इंलाई परिपक्व बनाउने छ । सिप र कलाको विकासमा ध्यान जानेछ । आर्थिक सम्वृद्धिको बाटो पत्ता लाग्ने छ । नसोचेको व्यक्ति अन्त्यमा काम लाग्ने छ । विश्वासै नलाग्ने समाचार सुन्नु पर्दा आफूलाई मुस्किल हुनेछ । साताको अन्त्य धेरै कुराको प्रतिफल शुभ पाइने छ । वैवाहिक जीवनमा सुख, शान्ति छाउने छ । बेरोजगारीको समस्या अन्त्य हुनेछ । घरमा शुभ कार्य सिद्धि होलान् । प्रकृतिको बाधा भने सहनु पर्नेछ । अड्केर बसेका काम सम्पन्न हुनेछन् । समग्रमा साताको २९, ३०, ०१ र ०४ गते विशेष रहलान् । राशि स्वामी ( शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ । मिनराशि (दि, दू, थ, भ, ज्ञ, दे, दो, चा, ची) मिन राशिको लागि साता विशेष रहने छ । शैक्षिक क्षेत्रमा नयाँ लगानीका बाटाहरु पत्ता लाग्ने छन् । आफूलाई लागेका मुद्दाहरुको छिनोफानो हुने र आफ्नो पक्षमा परिणाम देखिने छ । सामाजिक कामको लागि गरिने प्रयास सफल हुनेछ । मौकामा गरेको कामको उचित जस पाइने छ । परिवारमा शुभ कामको थालनी हुनेछ । भोलिको लागि सोचेर खुसी भइने बेला रहेको छ । अपरिचित व्यक्तिको साथ पाइने छ । कार्य क्षेत्रमा नयाँ सम्भावना आउने छन् । अरुलाई दोष दिएर गरेका काम असफल हुनेछन् । मित्रता दिगो रुपमा अघि बढ्ने छ । ढिलै भएपनि सोचेका काम बन्ने छन् । मित्रता केही कमजोर बने पनि आफूलार्इ पर्दा सहयोग मिल्ने छ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । गुमेको धन पाइने छ । कला, साहित्यमा उल्लेख्य प्रगति हुनेछ । न्यायमा तपार्इंको जित हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । अरुको भलाइको लागि केही खर्चिइने छ । साताको ३०, ०१, ०२ र ०३ गते विशेष रहेन छन् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – उत्तर, शुभ अंक – ०४ । - See more at: http://aajakokhabar.com.np/np/newsDetails.php?nid=23646#sthash.FwkFlRhn.ItBoVwMk.dpuf