आरोपीमध्ये एकजनाले आत्महत्या गरिसकेका छन् भने एकजना नाबालक भएकाले फासीबाट जोगिएका छन् । रोहतक जिल्लाको डडीखेरा गाउँस्थित एउटा खेतमा गत ४ फेबु्रअरीका दिन २८ वर्षीया नेपाली युवतीको मृत शरीर भेटिएको थियो । उनको शरीरको माथिल्लो अंग जनावरहरुले लुछेका थिए । उनको अनुहार चिन्न नसकिने अवस्थामा थियो । सामुहिक बलात्कारपछि ढुंगाले हानेर उनलाई मारिएको पोष्टमार्टमले देखाएको थियो । युवतीको मानसिक सन्तुलनसमेत ठीक नरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बलात्कारका आरोपीमध्येका एक २२ वर्षीय सोमबीर फरार भएका थिए । उनले केही महिनाअघि दिल्लीमा आत्महत्या गरे ।
न्यायाधीश सीमा सिंघलले अपराधीहरुलाई सजायँ सुनाउँदै यस घटनालाई समाजको ‘मानसिक दिवालियापन’ को संज्ञा दिएकी छिन् । यो मुद्दामा अभियुक्तमाथि ७ सेम्टेम्बरमा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर गरिएको थियो । ५७ जना प्रत्यक्षदर्शीको समेत बयान लिएपछि १८ डिसेम्बरमा सातजनालाई दोषी ठहर गरिएको हो । अभियुक्तका वकिल डा. दीपक भारद्वाजले भने, ‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं । तर, हामीमाथि न्याय भएको छैन, त्यसैले फैसलाविरुद्ध अपील गर्नेछौं ।’ नेपालबाट भारत पुगेकी पीडित युवती रोहतकमा आफ्नी बहिनीको परिवारसित बस्ने गर्थिन् ।
उनी गत १ फेब्रुअरीमा अचानक बेपत्ता भइन् र तीन दिनपछि उनको शव बहु अकबर गाउँमा भेटियो । पोष्टमार्टम गर्ने डाक्टरहरुले पनि पीडितमाथि अमानवीय व्यवहार भएको उल्लेख गरेका छन् । बलात्कारपछि र मृत्युभन्दा अघि कठोर यातना दिइएको उनीहरुको भनाइ छ । पोष्टमार्टम रिपोर्टअनुसार मृतक युवतीका गोप्य अंगहरु क्षतविक्षत अवस्थामा थिए । रोहतकका तत्कालीन प्रहरी अधिकृत शशांक आनन्दले यसमा मुछिएका सबै अभियुक्तलाई ९ फेबु्रअरीमा हिरासतमा लिएका थिए । अभियुक्तमध्ये एक नेपाली रहेको बीबीसीले जनाएको छ ।
नेपाली युवक सन्तोषका साथै राजेशउर्फ गुचाडु, सुनील उर्फ शीला, सरवर उर्फ बिल्लू, मनवरी, सुनील उर्फ माधा, पवन र प्रमोद उर्फ पदम रहेका छन् । बलात्कृत युवतीको परिचय प्रहरीले गोप्य राखेको छ । - खोज खबर