Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, May 24, 2016

काठमाडौँ, १६ पुस - अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा स्थानीय प्रमुख पर्यटकीय केन्द्र ठमेलमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले हरेक वर्ष यस वर्ष पनि आज ठमेलमा आयोजना गरेको विशेष सडक महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले अघिल्लो वर्ष मुुलुकले विभिन्न प्रतिकूलता व्यहोर्नुपरेको भए पनि सन् २०१६ उज्जवल रहोस् भनी कामना गर्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१५ जे जस्तो भए पनि नयाँ वर्ष पर्यटन क्षेत्रका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष रामशरण थपलियाले मुलुकको पर्यटन क्षेत्रका लागि आकर्षकको केन्द्र मानिने ठमेललाई सेवा सुविधाका दृष्टिमा थप प्रभावकारी बनाउने दृढता व्यक्त गर्नुभयो ।

साङ्गीतिक कायक्रममा सयौँ युवा, विभिन्न पेसाका नागरिकलगायतले मनोरञ्जन लिए । ठमेलका साथै दरबारमार्गलगायत क्षेत्रमा नयाँ वर्षको स्वागतका लागि झिलिमिली बत्तीका साथै विभिन्न कार्यक्रम गरिएको छ । नयाँ वर्ष मनाउने सर्वसाधारणको उत्साहपूर्ण भिड देखिएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका युवा सांसद गगन थापाले कार्यक्रमको औपचारिक उद्घाटन गर्ने परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए। थापाले उद्घाटन गर्ने औपचारिक कार्यक्रम १ घण्टा चल्ने अध्यक्ष थपलियाले जानकारी दिए। त्यसपछि विभिन्न समुदायका संस्कृति झल्किने मौलिक नेपाली साँस्कृतिक झलकहरू प्रदर्शन गरिने उनले बताए।

करिब साढे २ घण्टासम्म चल्ने उक्त शो पछि राती साढे १२ बजेसम्म डिजेले प्रस्तुति दिने उनले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिँदै अंग्रेजी नयाँ वर्षलाई स्वागत गरिसकेपछि ठमेलको व्यापार रातभर चल्ने र बिहान ४ बजेसम्म ठमेल खुल्ला रहने उनले बताए। औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा जो कोही सहभागी हुन सक्ने भए पनि बार तथा रेष्टुरेन्टमा १८ वर्ष मुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले जानकारी दिए। ’

१८ वर्ष मुनिकालाई बारमा निषेध गरेका छौं,’अध्यक्ष थपलियाले भने, ’सुरक्षाका लागि साढे ४ सय प्रहरीको प्रबन्ध सरकारले मिलाएको छ।’ त्यस्तै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमलाई भव्य बनाउन र पर्यटकलाई खुसी तुल्याउन ठमेल क्षेत्रमा बिहीबार राती विद्युत् कटौती नगर्ने लिखित पत्र पनि परिषद्लाई विद्युत् प्राधिकरणले दिएको उनले जानकारी दिए।

 परिषद्ले रात्री व्यवसायीहरुको सक्रियतामा ठमेललाई चौविसै घण्टा खुला राख्ने गरी तयारी गरिरहेको जानकारी पनि दिए। रासस

१८ वर्षमुनिकालाई ठमेल प्रवेशमा रोक, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल झकिझकाउ

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...