स्थानीय दानीपुर गाउँ निवासी जसविन्द्र लोहचव लामो समयदेखि आफ्नो छोरी मोनिकाको बिहेको लागि उपयुक्त वरको खोजीमा थिए । एक ठाउँ उनले बिहेको टुंगो पनि गरे जहाँबाट प्रसस्तै दाइजो मागिएको थियो । तर स्नातक उत्तीर्ण मोनिकाले दाइजो दिएर आफ्नो बिहे गर्ने कुरा अस्विकार गरिन् ।
आफुले दाइजो बिना विहे गर्ने उनको अडान थियो । परिवारले उनको यस्तो निर्णयमा असहमती जनाए तर मोनिका निर्णय परिवर्तन गर्ने पक्षमा थिइनन् । अन्ततः मोनिकाले भनेजस्तै भएको छ ।
पन्जाबको जिरकपुरका मनदीप धालिवाल नामका युवक मोनिकालाई विना दाइजो बिहे गर्न राजी भए । गत हप्ता उनीहरुको बिहे भयो ।
स्नातकोत्तर उत्तीर्ण मनदीपलाई बेसार दलेको एक रुपैयाँ भारु दिएर मोनिकाका बाबुले मोनिकाको कन्यादान गरे । २० जना जन्ती आएका थिए बिहेमा । विहे समारोहमा अन्य खर्च पनि निकै कम गरियो र केवल ५ सय भारु खर्चमा बिहे टुंगियो । मोनिका खुसी छिन् । दाइजो नभै बुहारीको रुपमा छोरी खोजेका परिवार आफुलाई मिलेको उनी बताउँछिन् ।स्रोत : कुविक एनपी न्युज