Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 2, 2016

अर्जेन्टिनाका कलाकार जर्ज फाकुन्दो अरानाले केही दिनअघि सगरमाथाको सफल आरोहण गरे । अब उनले नेपालको प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा फाकुन्दोसाग नयाँ पत्रिकाका अच्युत पुरीले भेटे । त्यो भेटमा उनीसँग भएको कुराकानी : ‘गरिब हुँदाहुँदै पनि मुस्कानसहित पाहुनाको स्वागत गर्ने नेपाली देखेर प्रभावित भएँ,’ अर्जेन्टिनी कलाकार जर्ज फाकुन्दो अरानाको प्रतिबद्धता हो यो । तर, अब उनको परिचय कलाकारमा मात्र सीमित गरिनुहुँदैन । २३ मे २०१६ मा उनले आफ्नो नाममा नयाँ परिचय थपेका छन्– एभरेस्ट समिटर । फाकुन्दोले एभरेस्टमाथि सफलता मात्र हासिल गरेनन्, यहाँको संस्कार देखेर प्रभावित भएकाले नयाँ सोच पनि बनाए । उनीसँगै नौ विदेशी र नौ नेपाली शेर्पा आरोहीको टोलीले २३ मे २०१६ (१० जेठ)मा सगरमाथाको उत्तरी रुट (तिब्बत) बाट सफल आरोहण गरेको थियो । ‘खुम्बुको सौन्दर्य बयान गर्न सक्दिनँ’ त्यसो त फाकुन्दो पहिलोपटक सन् २०१२ मा पनि एभरेस्टमाथि विजय हासिल गर्न नेपाल आएका थिए । तर, उनी त्यतिवेला सफल भएनन् । आरोहण सफल नभए पनि खुम्बुको सौन्दर्यले उनलाई लोभ्यायो । ‘संसारमा म पुगेकामध्ये खुम्बु सबैभन्दा सुन्दर ठाउँ हो,’ उनले भने, ‘जिन्दगीमा कम्तीमा एकपटक यहाँ पुग्नैपर्छ ।’ हिमाली क्षेत्रमा पुग्दा त्यहाँ भेटिने मानिस, उनीहरूको फरक–फरक संस्कृति तथा जीवनशैली र प्राकृतिक सौन्दर्यले नेपाललाई संसारकै धनी बनाएको उनको अनुभव छ । फाकुन्दो अर्जेन्टिनामा रक्तदान अभियान पनि चलाइरहेका छन् । धन नभए पनि नेपालीको मन धनी पहिला र अहिलेको नेपाल भ्रमणमा खासै फरक अनुभूति गरेका छैनन् फाकुन्दोले । ‘यहाँ स्रोतसाधनको कमी पक्कै छ,’ उनले भने, ‘तर, अभावलाई मुस्कुराउँदै टारेर बाँच्ने नेपालीकै कारण लाग्छ, यो देश गरिब छैन ।’  प्राकृतिक दुर्घटना हुनुमा नेपालको के दोष ? सगरमाथा हिमपहिरो तथा भूकम्पपछि नेपालबारे विश्वभर गएका नकारात्मक खबरप्रति उनी सन्तुष्ट छैनन् । ‘भूकम्प आउनुमा नेपालको के दोष ?’ उनको प्रश्न छ, ‘विश्वभर भूकम्प, सुनामी या अन्य प्रकारका प्राकृतिक प्रकोप आइरहन्छन्, यो प्राकृतिक नियम हो ।’ को हुन् जर्ज फाकुन्दो ? ३१ मार्च १९७२ मा अर्जेन्टिनामा जन्मिएका फाकुन्दोले सन् १९९२ बाट टेलिभिजनमार्फत कलाकारिता यात्रा सुरु गरे । सानो पर्दामा रमाएका उनी संगीतकार पनि हुन् । उनको करिअरलाई उचाइमा पुर्‍याउने काम भने ‘वाइल्ड डल’ नामक टेलिभिजन सिरिजले गर्‍यो । सन् १९९८–९९ मा यो सिरिज ८० भन्दा बढी मुलुकमा प्रसारण हुन्थ्यो । ‘द एस्केप’ नामक फिल्ममार्फत सन् २००१ बाट उनी ठूलो पर्दामा प्रवेश गरे । त्यस समय उनले खेलेका चलचित्र अर्जेन्टिनाको बक्स अफिसमा पहिलो नम्बरमा पर्थे । उनी साहसिक गतिविधिमा बढी रमाउने गर्छन् । ड्राइभिङ, वाटर स्की, फर्मुला तथा मोटरसाइकल रेसमा उनी नियमित भाग लिने गर्छन् । उनले सन् २००६ देखि पाइलट लाइसेन्स पाएका थिए । नियमित ब्लग लेख्ने उनले कतिपय पत्रपत्रिकामा कार्टुनसमेत छपाएका छन् । - 

‘गरिब हुँदाहुँदै पनि मुस्कानसहित पाहुनाको स्वागत गर्ने नेपाली देखेर प्रभावित भएँ' : जर्ज फाकुन्दो -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...