Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, June 5, 2016

नेपालमा यदाकदा सुनिने मृत्युदण्डको सजायको बारेमा अहिले चर्चा हुन थालेको छ । मुत्युदण्डका बारेमा बिभिन्न संस्थामा आबद्धता जनाउनेहरुले यो भन्दा पहिला पनि चर्चा नगरेका हैनन् ।त्यस माथी अहिले सामाजिक संजालमा व्यापक  मृत्युदण्डको पक्षमा तर्क दिनेहरु प्रशस्तै भेटिन्छन झन् कानुन निर्माणको क्रममा रहेको नेपालमा सभासद्का समूहलाई नेतृत्व गरिरहेका सभामुखले नै अपराधीलाई निरुत्साहित गर्न बलत्कारीलाई फासीको सजाय सुनाउनु पर्ने कुरा राखेपछि कुरा गहिरो नै हो भन्ने प्रमाणित भयो । त्यस माथि भर्खरै नेपाली राष्ट्रिय टोलीका स्टाइकर बिमल घर्ति मगरको बहिनी मनिषा घर्ति मगरको रहस्यमय मृत्युले यो बिषय चर्चाको शिखरमा पुगेको छ , संसदमा पनि यो बिषयमा प्रवेश गरिसकेको अबस्थामा आखिर किन र कस्को स्वार्थमा ल्याउन खोजिदैछ नेपालमा मुत्युदण्डको सजाय सहितको कानुन ?
तर, के फासी अर्थात मृत्युदण्ड सजायको जायजता हामीले अध्ययन गर्‍यौँ ? मनोबैज्ञानिकहरु भन्ने गर्छन्, जति सजाय तय हुन्छ त्यतिसम्म घटना हुनु समान्य हुन्छ । के अब नेपालमा मृत्युदण्ड सजाय पाउने खालका घटना हुनु सामान्य भै सकेको हो त ? कति सजिलो छ “मृत्युदण्ड” शब्द उच्चारण गर्न, यस्को जटिलतालाई लत्याएर हिँड्न मिल्छ त यो समयमा ? ठूला र बलिया राष्ट्रले पनि त मृत्युदण्डको सजाय दिएका छन् भन्ने तर्क आउन सक्छ यहाँ । तर, ठूला र सम्मृद्ध राष्ट्रले गरे भन्दैमा हामीले गर्नुपर्छ भन्ने केही छ ? या हामीले उनीहरुले जस्तै प्रयोगमा ल्याउन सक्छौँ । बलात्कार र हिंसामा परेकाहरुका लागि न्याय हुने गरी महिला मैत्री कानुन निर्माण गर्नुपर्ने कुरामा कुनै दुईमत छैन तर के त्यसको एकमात्र उपाय मृत्युदण्डको सजाय मात्रै हो त ? हामीले सजाय के का लागि दिन्छौँ ? समाजमा आउनसक्ने बिकृति नियन्त्रणका लागि, दोषीलाई सजाय र पीडितलाई न्यायका लागि या देश दुनियाँलाई देखाउन र तेस्रो पक्षको सन्तुष्टिको लागि ? मलाई लाग्छ, कसैको मृत्युबाट कोही सन्तुष्ट हुन्छ भने त्यो मानब हुनै सक्दैन । जस्तोसुकै अवस्थामा पनि अर्काको मृत्यु चाहने व्यक्ति आफैँमा कस्तो व्यक्ति होला अनुमान गर्नुस् त ? हो, त्यो साँच्चै ठूलो अपराधी हो । सयौँको ज्यान लिएको छ, सयौँ महिला माथि बलत्कार र बलत्कारको प्रयास गरेको छ, उसको मृत्युपश्चात हामीले के पाउँछौँ ? हात लाग्यो शुन्य । यदि उसले गरेको कामको सजाय दिइएको भए यो कसरी सजाय भयो जहाँ दोषीले पीडकले पाएको जति पीडा निरन्तर महसुस गर्दैन भने । यदि अर्को अपराधीलाई तर्साउनकै लागि उसलाई मृत्यूदण्ड दिनुपर्ने कसैले भन्छ भने त्यो कदापी मान्य वाक्यांश हैन भन्ने मेरो ठम्याई हो । यदि अर्को घटना हुनबाट रोक्नका लागि कसैको ज्यान लिने हो भने हामी मानव रह्यौँ र ? हामी र त्यो अपराधीमा के फरक रह्यो र ?
मनोबैज्ञानिकहरु भन्ने गर्छन्, जति सजाय तय हुन्छ त्यतिसम्म घटना हुनु समान्य हुन्छ । के अब नेपालमा मृत्युदण्ड सजाय पाउने खालका घटना हुनु सामान्य भै सकेको हो त ? कति सजिलो छ “मृत्युदण्ड” शब्द उच्चारण गर्न, यस्को जटिलतालाई लत्याएर हिँड्न मिल्छ त ? धेरै अमेरिकी र युरोपियन देशहरुले मृत्युदण्डको सजायलाई त्यागेका छन् । हामीले राम्रा भनेर नजर गाड्ने ती राष्ट्रहरुले लामो अनुभवपछि किन मृत्युदण्डलाई त्यागे त ? हामीले ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्याङ्क नै हेर्ने हो भने पनि भष्ट्राचारको १७५ देशको सूचीमा नेपाल आफूलाई १२६ औ स्थानमा राखेको छ । हामीले बुझपचाउने अवस्था छैन कि नेपालको हरेक सरकारी गैरसरकारी र अड्डा अदालत पनि यो भन्दा बाहिर छैन ।
अब यो अवस्थामा के सधैँ दोषीले नै कारबाही भोग्छन् भन्ने ग्यारेन्टी तपाईँले लिने या मैले । ठूला र सम्बृद्ध भनिने राष्ट्रमा पनि मृत्युदण्डको बिरुद्धमा ठूला ठूला आवाज उठ्ने गरेको तथ्याङ्क हामी सामु छर्लङ्ग छ, यो अवस्थामा हामी मृत्युदण्डको पछाडि किन दौडिरहेका छौँ ? यो सबै पढिरहँदा कोही लागिरहेको होला यो कस्तो अनुभुति पोखिरहेको छ, मानवीय समबेदनालाई नबुझ्ने । कसैको मृत्यु चाहनु वा त्यही ब्यक्तिको सकारात्मक जीवन चाहनु कुनमा ज्यादा समबेदना छ, हामी सजिलै मुल्याङ्कन गर्न सक्छौँ । अनि अर्को कुरा दोषी माथीको सजाय । दोषीलाई कारबाही गर्नुपर्ने कुरामा कहीँ कतै दुईमत छैन, मात्र सजायको प्रक्रिया मात्र फरक हो । यी त सबै नेपालसँग सन्दर्भ गाँसिएका कुराहरु भए । तर यो भन्दा बाहिर हेर्ने हो भने पनि फासीको सजाय जायज नहुनुका धेरै कारणहरु छन् । हामीले आफूलाई जन्मदेखि अहिलेसम्म कतिपटक गलत काममा लगायौँ र त्यो व्यवहार कतिपटक शुद्धिकरण गर्‍यौँ ? यदि सजायको मतलब शुद्धिकरण हैन भने सजाय र कानुन बेकार छन् । जहाँ दोषीलाई शुद्धिकरणको मौका दिईँदैन त्यो आफैँमा कानुन हैन । हामीलाई शुद्धिकरण चाहिएको हो या समाज नै नचाहिएको हो ? एरिसटोटको जस्तो रामराज्य कल्पना गर्न थाल्ने हो भने हामी समाजबिना बाँच्नुपर्ने हुन्छ । रामराज्यको कल्पना गरेका एरिसटोटल नै उक्त कुरा सत प्रतिशत लागू हुन नसक्ने बताइरहँदा हामी कस्तो कल्पना गरिरहेका छौँ । त्यो मलाई थाहा भएन । मृत्युदण्डले निर्दोष जीवनमा खतरामा पार्ने सम्भावना पनि अत्याधिक रहन्छ । मैले माथि नै धेरैकुरा बताइसकेको छु, नेपालमा सजाय तोक्दा कस्ले र कसरी सजाय पाउने सम्भावना रहन्छ भन्ने कुरा । धेरै नेपाली अमेरिका, अष्ट्रेलिया, क्यानडालाई राम्रो देशका सूचीमा राख्ने गर्दछन् । अब अमेरिकामा मात्रै एक सय एक्काइस निर्दोषलाई फासीको सजाय भैसकेको छ, पछि बास्तबिकता थाहा पाएर के काम, लगनपछिको पोते ? यो सम्भावना नेपालमा कति रहन्छ भन्ने कुरा ध्यानमा राख्न जरुरी देखिन्छ । धेरै अमेरिकी र युरोपियन देशहरुले मृत्युदण्डको सजायलाई त्यागेका छन् । हामीले राम्रा भनेर नजर गाड्ने ती राष्ट्रहरुले लामो अनुभवपछि किन मृत्युदण्डलाई त्यागे त ? के त्यसको प्रयोग सकारात्मक र राम्रो भएका भए त्याग्थे होला त ? यो प्रश्न माथि हामीले सोच्न गर्नु जरुरी छ । एक निर्दोषले सजाय पाउनु भन्दा दश दोषी भागेको बेश हुन्छ भन्ने मेरो धारणा हो ।
 आफैँ सुरक्षा गर्न नसक्ने, आफ्नै राज्य भित्रका नागरिकको व्यवहारमा परिवर्तन गर्न नसक्ने अनि मृत्युदण्डको सजायँ आवश्यक छ भन्दै ताली ठोक्नु कतिको जायज हो ? यो गम्भिर प्रश्न हो । म यहि लेखमार्फत राज्यको कानुन बनाउनका लागि झगडा गरिरहेका र अगाडि सम्माननिय पद झुण्डिएका सबैमा अनुरोध गर्छु, कृपया यो गल्ती नगर्नु होला । हामी सकारात्मक समाजको पहल गरिरहेका छौँ ।
 कसैको मृत्युको घोषणा गर्ने अधिकार कुनै व्यक्तिलाई त छैन छैन, यो अधिकार राज्यलाई पनि छैन । हामी अरुलाई कट्टरपनको व्याख्या गरिरहँदा कसैको जीवन र मृत्युको निर्णय गर्ने कस्तो कट्टरपन्थी सोच हो, त्यो पनि बुझ्नु जरुरी छ । यदि हामी भविष्यका बारेमा चिन्तित भएर मृत्युदण्डको ब्याख्या गरिरहेका छौँ भने, एउटा बालकलाई सानैदेखि कसैको मृत्युको ब्याख्या गरेपछि त्यही बालक पछि गएर कस्तो बन्ला भन्ने पनि हामीले सोच्नुपर्दछ । के ती बालकमा त्यही डर छिराएर हामी सुसमाजको ब्याख्या गरिरहेका छौँ ? के यो हुनसक्छ ? के हामी त्यो राज्यको नागरिक बन्न चाहन्छौँ, जहाँ राज्यले कानुन बनाएर नागरिक मार्छ ? यदि साँच्चै नेपालले मृत्युदण्डको सजायलाई आफ्नो कानुनी किताबमा सूचीकृत गर्‍यो भने म नेपाली भन्नुमा लाज मान्छु, म आफ्नो देशमा आफूलाई शरणार्थी व्याख्या गर्दछु र नागरिकता त्याग्दछु । यसो भनिरहँदा मलाई नेपालीपनको माया नलागेको हैन तर मृत्युदण्डको व्याख्या मेरो शब्दकोशले यसरी नै गर्छ र मलाई मृत्यु र मृत्युदण्ड देखि समान घृणा लाग्छ । (लेखक पाकिस्तानमा आम सञ्चार अध्ययन गर्दैछन् ।)

बलात्कारीलाई फासी दिनु हुदैन : शिव लामिछाने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...