Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Friday, July 1, 2016

बागलुङ, १७ असार– जिल्लाको गलकोटमा निर्माण भएको दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ ।
hydropower
साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादन भएकोे विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाका प्रबन्धक गोपाल न्यूरेले आयोजनाको व्यापारिक उत्पादन सुरु भएको जानकारी दिए।

‘विद्युत् नियमित उत्पादन भइरहेको छ, यसले विद्युत्भार कटौतीलाई टेवा पु¥याउँछ,’ उनले भने । सयपत्री हाइड्रोपावर प्रालिले तीन वर्षअघि निर्माण सुरु गरेको आयोजना ५१ करोडको लागतमा सम्पन्न भएको हो । यसमा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको रहेको छ भने बाँकी स्थानीय र केही निजी क्षेत्रको रहेको छ ।
 hydropower
हिल गाविस– २ को साँदीमा आयोजनाको बाँध तथा अर्गल–७ घुस्मेलीमा विद्युत्गृह रहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई ३३ ‘केभिए’ प्रसारण लाइनमा जोड्ने सहमति भए पनि हरिचौरमा निर्माणाधीन सव–स्टेसनको काममा ढिलाइ भएपछि ११ ‘केभिए’मा जोडिएको हो ।

आयोजनाका इन्जिनियरसमेत रहनुभएका न्यूरेले विद्युत् प्राधिकरणसँग ३० वर्षका लागि विद्युत् खरिद–बिक्री सम्झौता भएको बताए। सम्झौताअनुसार हिउँदका चार महिनामा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र त्यसबाहेकका आठ महिनामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ ।
आयोजनाले वार्षिक आठ करोडको विद्युत् प्राधिकरणलाई बेच्ने लक्ष्य लिएको छ । बाँधबाट एक हजार ७४५ मिटरको ‘प्रेसर पाइप’ प्रयोग गरेर दरमखोलाको पानीलाई विद्युत् गृहसम्म ल्याइएको छ । आयोजनाले खोला र ठाउँको प्रयोग गरेबापत कुल मुनाफाको तीन प्रतिशत दुवै गाविसलाई प्रदान गर्ने भएको छ ।
जिल्लाको गलकोट क्षेत्रबाट विदेश पुगेकाहरुले आयोजनामा रु दुई करोड तथा अर्गल र हिल गाविसका स्थानीयवासीले एक करोडका दरले सेयर लगानी गरेको आयोजना स्थानीय समन्वय समितिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...