एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।
earth end 1आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।
रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ । अन्तिम पटक सन् २०१४ को एप्रिलमा चन्द्रग्रहण भएको थियो । अव त्यसपछि ५ वटा पूर्णिमा पछि यस्तो हुन सक्ने बताइन्छ ।
आफ्नो दिब्य दृष्टिले अमेरिकाको नियन्त्रणमा रहेको क्यारेबियन टापु पुर्टोरिकोको एक क्षेत्रमा विशाल खगोलिय चट्टान ठोक्किने छ । यसले कम्तिमा १२ रेक्टर स्केलको भूकम्प बराबरको धक्का पैदा गर्ने उनको दावी छ ।
नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ । यो दावीमा कुनै सत्यता नरहेको नाशाका पाउलो सोडासले बताएका छन् । क्यालिफोर्नियामा बोल्दै पाउलो सोडासले कुनै खाले खगोलीय पिण्ड वा चट्टानले तत्काल पृथ्वीमा असर गर्ने नदेखिएको बताए ।
