हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ ।
कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।
सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ ।
कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ ।
