पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, /
तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला। source:pardapa6adi