पेसाले मोडल, कलाकार तर, काम भने पोर्नस्टार । दुबै जनासहित पुरै टिमलाई प्रहरीले पक्राउ गरेपछि म्यूजिकका नाममा पोर्न भिडियोको निर्माण र व्यापार हुने गरेको खुलासा भएको छ । कोलकाताको एक म्यारिज हलमा प्रहरीले छापा मारेर म्यूजिक भिडियो बनाउने बहानामा झुक्याएर पोर्नोग्राफी गर्ने १७ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा म्यारिज हलमा पोर्न भिडियोको शुटिंग भइरहेको थाहा पाएपछि प्रहरीले छापा मारेर १७ जनालाई रंगेहात समातेको हो ।