गाइनोलोजीस्ट र आइविएफ विषेशज्ञ डाक्टर तूतन जैन ले भनेकी छन्, पहिला पुरुषमा सन्तान उत्पादन दर अर्थात विर्य १५० मिलियन वा त्यो भन्दा वढी हुन्छ भनिन्थ्यो । तर विस्तारै यो दर ४० देखि १४० मिलियनको बिचमा झरेको छ ।
विश्व स्वास्थ्य संगठनले पुरुषमा विर्य संख्या २० मिलियन हुने भनेको छ तर अहिले युवामा यो भन्दा पनि निकै कम विर्य संख्या भएको गुनासोहरु बढेका छन् । डा. नूतन को भनाइ छ , ‘यो सव हुनुको ठुलो कारण पुरुषको जीवन जीउने पद्धती र उनीहरुको पहिरन नै हो । पुरुषले जीन्स लगाउँदा वीर्य संख्यामा कमी आउँछ’ । डाक्रहरुको पनि यही भनाइ छ , ल्यापटपलाइ काखमा राखेर काम गर्दा तल तापक्रम लगभग १.५ देखि २.० डिग्री सम्म वढेर जान्छ ।
यसैगरी जीन्स पाइन्टको गोजीमा मोबाइल राख्दा पनि तापक्रम सामान्य भन्दा बढी हुन्छ ।तापक्रम सामान्य भन्दा वढी भयो भने वीर्य संख्या घट्न थाल्छ । लगातार तापक्रमको स्थिति यस्तै हुने हो भने वीर्य बढ्नै बन्द हुन्छ र पुरुषमा वाँझोपन बढेर जान्छ ।