भोजपुर जिल्लामा अवस्थित यस गाउँमा बाँदरको आतङ्क यतिसम्म बढेको छ कि जसका कारण सो गाउँमा जन्ती लिएर जान सबै डराउँछन् । यस गाउँको बारेमा आसपासमा निकै नै नराम्रो हल्ला चलेको छ । हल्लामात्रै होइन, यथार्थ पनि त्यस्तै छ । यो खबर सार्वजनिक हुनुभन्दा एक साताअघि सो गाउँमा ब्याण्ड बाजासहित एक बरियात जन्ती गएको थियो । उनीहरु बाजाको तालमा झुमिरहेका थिए । त्यसै समयमा एक्कासी बाँदरको हुल आएर हमला बोल्यो । केही समय त सबै मिलेर बाँदरको सामना गरे । तर, हुल अझै थपिएर बबाल मच्चाउन थाल्यो । केही नचलेपछि सबैले भागेर ज्यान जोगाएको भारतीय अनलाईन जागरण जंसनमा खबर छ ।
यो बाँदारको ग्याङ कुनै खुँखार डाँकाको समूहभन्दा कम छैन । सोही ग्याङका कारण कोही पनि आफ्नो छोराको विवाह यस गाउँमा गराउन चाहँदैनन् । सोहीकारण रतनपुर गाउँमा युवतीहरुको विवाहमा बाँदरले ग्रहण नै लगाईदिएको छ । -साझापोस्टबाट