टीका किन लगाउन हुदैन भनेर भन्नुभन्दा पहिला टीका के हो र यो कसले र किन लागाउँछन भनेर जानकारी राख्नु राम्रो हुनेछ। टीका लगाउन हिन्दुहरु नै हुनुपर्छ भन्ने होइन । राजनीतिक सिद्धान्त मान्नेहरुले पनि टीका लगाउँछन । भलै यसलाई उनीहरुले आफ्नै तरिकाले व्याख्या गर्न सक्लान । कम्युनिष्टहरुले (जस्तै माओबादी आदि) कुनै इश्वर मान्दैनन तरपनि अविरका राता टीका (धर्सा) लगाउँछन । दक्षिण भारततिरका दलितहरुले निलो टीका लगाउँदारहेछन् । यसको मुख्य कारण आफुँलाई धरतीपुत्र पुत्री मान्नु र निलो आकासलाई घरको छानो मान्नु रहेछ ।
नेपाली शब्दकोषको परिभाषा अनुसार टीकालाई निधारमा लगाइने चन्दन, अबिर, सिंदुर, तिलक, टिको आदि पनि भनिदोरहेछ । हिन्दु धर्म अनुसार टीकाका थुप्रै अर्थहरु छन । उनीहरुले यसलाई भगवानको प्रसाद, आषिश, सुरक्षा,बिजय, संमृद्धि आदि मान्दछन । मृत सस्कार बाहेक प्राय सबै चाडपर्वमा उनीहरुले टीका लगाउँछन । यस कुराले टीकाको पवित्रतालाई संकेत गर्छ । यो पुरुष र स्त्री दुवैले लगाउन मिल्छ । चाडपर्व चलन, सस्कार वा जातजाति अनुसार टीकाको रंग फरक फरक पनि हुन सक्छ । नेपालमा जनजातिहरु दशैं वा अन्य पर्वको समयमा प्राय सेतो टीका लगाउछन भने बाहुन छेत्रिहरु प्राय रातो टीका लगाउछन । कुनै महिला बिधवा हो कि सधवा भनेर टीका वा सिंदुरबाट सजिलै थाहा पाउन सकिन्छ । विबाहिता महिलाको मुख्य प्रमाण सिंदुर हो । सिंदुरले विबाहिता, स्थापित,सुरक्षित, पुरुषको अधिनस्त आदि भएको जनाउँछ । त्यसकारण विधवाले रातो टीका वा सिन्दुर लागाउदैनन । उनीहरु लोग्नेलाई पतिदेवको रुपमा मान्दछन । के विवाहित पुरुस देव हुन सक्छ ? टीकालाई समानार्थी शव्दमाअक्षता भनेर पनि चिनिन्छ। अक्षता लगाएर भगवान वा देवीदेवतालाई निधारमा चढाइदोरहेछ । किनभने माहादेवको तेस्रो नेत्र अनि ज्ञानको वीचभाग पनि यही निधार हो भन्ने उनीहरु बिश्वास गर्छन ।
टीका कहिलेकाहीं शरिको अन्य भागमा पनि लगाईन्छ । जस्तो तिहारको टीका गालातिर या निधारको दाँयाबाँयातिर पनि लगाईन्छ । नानीबाबुहरुलाई घरदेखी बाहिर कतै लानपर्दा चिउँडो या गालातिर कालो थोप्ला (टीका) लगाउने चलन पनि उनीहरुको छ । यसको कारण बालकको सुन्दर अनुहारमा कुनै भूतप्रेत या दुषादको आखाँ नलागोस र बालक सुरक्षित होस् भन्ने हो । दशै या तिहारतिर लगाईने टीकाले पनि विजय या सुरक्षाको अर्थ राख्दछ । बिगत पञ्चायतकालको समयमा ख्रीष्टियहरुलाई टीका लगाएर, टाउको मुडेर, मूर्तीलाई ढोग्न लगाएर फेरी हिन्दु बन्न लगाइन्थ्यो रे । कतिले यसो गर्न नमान्दा, टीकाकै कारण सास्ती पनि खेपे होलान । यसो गर्दा कुनै व्यक्ति हिन्दुमा परिणत हुन्छ भन्ने उनीहरुले गलत बिश्वासले पनि यसो गर्न प्रेरित गरेको होला । कतिपयले चलन वा सस्कार छोड्न नमानेर पनि टीका ग्रहण गरे होलान । यसरी अझैसम्म पनि टीका एउटा राजनीतिक या धार्मिक अश्त्र, क्रिस्टियन र हिन्दु विश्वास भएको परिवारभित्र समस्या र किचलोको बीऊ जस्तो पनि भएको छ ।
टीकाको बारेका यतिका कुरा थाहा पाएपछि अब हामी याद गरौ कि हामी क्रिश्चियन बिश्वासीहरुको लागि आषिश,सुरक्षा, सफलता, विजय सबै केवल परमेश्वर हुनुहुन्छ । यी सबै थोकको लागि टीका चाहिँदैन । शरिरमा कुनै थोक दल्नु, धस्नु, टाँस्नु वा शरीरलाई कष्ट दिनु पनि पर्दैन । हामी भूतप्रेत या देवीदेवताको अधिनमा छैनौ । ख्रीष्टियन विबाहिता महिलालाई सिंदुरको आवास्यकता नै छैन । किनकि उसको पति देवता हुन सक्दैन । तर उ परमेस्वरको अधिनमा हुन्छे । कसैले साजसञ्जा या फेसनको रुपमा पनि टीका या सिंदुर लगाउन सक्लान । यो चलन र सस्कार मात्र हो पनि भन्लान । तर खोतल्दै गयो भने यसको सिधा सम्वन्ध मूर्ती या मूर्तीपूजा अथवा देवीदेवतासँग जोडिएको हुन्छ । यसलाई इन्कार गनुपर्ने मुख्य कारण पनि यही हो । बाइबलले भन्दछ- मूर्तीसँग हाम्रो कुनै सम्वन्ध छैन (१ कोरिन्थी १०:२०) । जव स्वयम सुष्ट्रिकर्ता परमेश्वर नै हाम्रो हृदयमा बास गर्नुहुन्छ भने तव हामीलाई यस्ता कुनै पनि चिजको आबास्यकता पर्दछ र ?
अन्तमा हामीले यी कुराहरु पनि याद गरौ कि कुनै व्यक्ति टीका या सिंदुर लगाएर मण्डलीभित्र आयो भने बिरोध गरिहाल्नु पर्दैन । के टीका या सिंदुर नलगाउँदैमा, जाँड या रक्सी नखादैमा, पूजापाठ नगर्दैमा, प्रसाद नखादैमा कोही साँचो ख्रीष्टियन बन्न सक्छ र ? कसैलाई जर्वजस्ती टीका लगाइदिए भनेपनि त्यसको बिश्वास पतन नहोस । बिश्वास हृदयबाट गरिन्छ । उहाँलाई हृदयमा राखे पुग्छ । क्रूस बनाएर निधारमा उतार्नु या घाटीमा झुण्याउनु पर्दैन । न त शरीरमा कुनै कुरा घस्नु या टीका लगाउनुपर्छ । येसुमा भएको आषिश, सुरक्षा, जीवन, समृद्धि, विजय आदिलाई शरीरबाट प्रकट गरिरहनु पर्दैन । वचनमा यस्तो लेखिएको छ, “यसकारण खान र पिउनमा बा पर्वको दिन, वा औसीं या शवाथदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरुलाई दोष नदिओस् । यी चाही आउने कुराका छाँया मात्र हुन । तर वास्तबिकता चाहिँ ख्रीष्ट हुनुहुन्छ । (कलस्सी २:१६, १७)। त्यसकारण यस विषयका कसैलाई दोष लगाईरहन हुदैन । यस विषयका यति कुरा बुझिसकेपछि कसैले पनि टीका या सिंदुर जस्ता कुराहरुलाई ग्रहण गरिरहने छैन । उसले आफै नै ख्रीष्टमा अबदेखि यी कुनै कुराको आबास्यकता छैन भनेर इन्कार गर्न सक्नेछ । आमेन