जब कुनै मानिस विरामी हुन्छ त्यसको कारण पत्ता लगाउन अनेक किसिमका परिक्षणहरु गरिन्छन् । जस्तो कि कसैको पेट खराब भयो भने भन्छन् । चाहिने नचाहिने खायो होला त्यहि भएर होला भनिन्छ ।
मृगौलामा खराबी भयो भने भन्छन् यसले धेरै मादक पदार्थ सेवन गथ्र्यो होला त्यसैले यसको मृगौला खराब भयो भन्छन् । यस किसिमले हामीले यस्ता अड्कलबाजी गरिन्छ । तर गहिरिएर सोच्ने हो भने कहिल्यै मादक पदार्थ सेबन नगर्ने मानिस पनि त मृगौलाको बिरामी हुन्छन् ।
सूर्ति चुरोट नखाने मानिसहरु पनि त क्यान्सर पीडित छन् । आयुर्वेद र साई संगठनका अनुसार कुनै कुनै विमारीका सम्बन्ध यो जन्म सँग मात्र होइनकी पूर्वजन्मसँग पनि सम्बन्ध छ भनिएको छ । यस विषयमा अगाडी केही कुरा भनिदै छ जुन कुराले यो विषयको बयान पनि गरेको मान्न सकिन्छ । महाराष्ट्रमा एक जना महिला दादको रोगले पीडित थिइन कयौ प्रकारका उपचार गर्दा पनि सञ्चो भएको थिएन । संयोग यस्तो प¥यो कि शिरडी भन्ने स्थानबाट साइकेन्द्रका केही सदस्य सहित योगी बाबा धूनिराम पुरन्दरपुर आए त्यो थाहा पाएर ति दादले पीडित भएकी महिला पनि त्यहाँ पुगिन् ।
योगी बाबाले उनको कुरालाई ध्यान पूर्वक सुने । ध्यान गर्दै रहेका बाबाले भने अघिल्लो जन्ममा ति महिलाले एक सन्यासीलाई जल्दै गरेको आगोको अगुल्टोले हानेको कुरा बताए र भने अब तिमिले आठ महिना सम्म जलेका, ठूलो चोटका कारण हिँडडुल गर्न नसकेका, र यस्तै दादले सताईएका व्यक्तिको सेबा गर ठिक हुन्छ भनि दिए र ति महिलाले पनि त्यसै गरिन नभन्दै ति बाबाले भनेजस्तै उनको त्यो रोग सदाको लागि ठिक भयो । यस बारे साई संगठनको धारणा के छ भने असी प्रतिशत रोग अघिल्लो जन्ममा गरेका कुकर्महरुको कारण हुन्छ भनेका छन् । रिग्रेशन थेरापिको सिद्धान्त पनि यही हो ।
चिकित्सा पद्दतिका समर्थक कन्याकुमारी केन्द्रका अनन्तनाथका अनुसार प्रायश्चित गर्नाले पनि जुनसुकै प्रकारका नब्बे प्रतिशत रोग ठीक हुन्छ भनेका छन् । यहि भनाई अहिले खोजको विषय बनेको छ र प्रमाणित गर्नका लागि अनुसन्धान पनि भई रहको छ । आयुर्वेद विज्ञानमा भनिएकोछ अघिल्लो बर्ष गरिएको पाप यो जन्ममा रोग बनेर पीडा दिन्छ ।
कुनै यस्ता रोग छन् भने यसप्रकारले ठिक पार्नको लागि उपाय खोजी गर्न सकिन्छ । नत्र भने सावधानी राख्नु बाहेक अरु विकल्प छैन । यसकारण अरुलाई दुःख पनि नहोस् । यदि कुनै किसिमका रोगहरु छन् भने यस्ता खालका साधक साधुहरुको सँगको सल्लाहबाट ठीक गर्न सकिन्छ ।
ज्योतिषका अनुसार जन्म बचपन र त्यसपछि अनायस कुनै रोग लाग्न सक्ने सम्भावना पनि अघिल्लो जन्मको कर्मको फल हो भन्ने भनाई छ । यस्ता कुरा प्रचारमा आएपछि यो भनाईलाई पुष्टि गर्न त्यसबारे हाल अनुसन्धान भई रहेको छ