दिल्ली: भारतीय सीमा सुरक्षा बलले प्रयोग गरिरहेको एउटा विमान मंगलबार दुर्घटनामा परेको छ।
विमानमा रहेका १० जनाको मृत्यु भएको भारतीय न्यूज एजेन्सीले जनाएका छन्। दिल्लीको एयरपोर्ट नजिकै उक्त दुर्घटना भएको हो। विमानले धावन मार्ग छोडेको पाँच मिनेटमै अाकाशमै जलेर बजारिएको थियो।
