हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो ।
जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’
प्रतिकृया दिनुहोस्