राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समयअनुसार दिउँसो ३ बजेर पाँच मिनेट जाँदा बझाङमा ५ रेक्टर स्केलको भूकम्प भएको हो ।
Capture
त्यसको लगत्तै ३ बजेर २१ मिनेट जाँदा ४.२ रेक्टर स्केटलको अर्को भूकम्प गएको थियो ।
लगातार गएको दुई वटा भूकम्पका कारण त्यहाँका मानिस त्रसित भएका छन् । स्कुलमा पढाइभइरहेको समयमा विद्यार्थी, शिक्षक र अफिसमा काम गर्ने मानिसहरु बाहिर निस्किएका थिए ।
बझाङमा बेलाबेला भूकम्प गइरहन्छ ।