भाजपा नेता कोसियारी नेपाल–भारतवीचको सम्बन्ध सुधारका लागि गठन भएको बुद्धिजीवीहरूको संस्थाको बैठकमा पनि सहभागी हुने कार्यक्रम छ ।
यसैबीच, अध्यक्ष ठाकुरसँगको भेटका क्रममा भाजपाका वरिष्ठ नेता कोसियारीले नेपालमा बहुसंख्यक हिन्दू रहेको भन्दै हिन्दू राज्य बनाउँदा उपयुक्त हुने सुझाव दिएको ठाकुरले बताउनुभयो । ‘भारतीय जनता पार्टी नेपालमा हिन्दू राष्ट्र स्थापना होस भन्ने चाहन्छ’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘त्यसका लागि सहयोग गर्न मैले प्रस्ताव राखेको छु ।’
नेपालमा हिन्दू धर्मको रक्षाका लागि पहल गर्दै आएका युवा नेता ठाकुरले बेला बेलामा हिन्दू धर्मसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ ।
