इलाका प्रहरी कार्यालय जलविरेका इन्चार्ज प्रहरी नायब निरीक्षकका अनुसार घाइते हुनेमा मृतककी श्रीमती ४४ वर्षीया देशमायाँ तामाङ, ३५ वर्षीया सुन्दरी तामाङ, १५ वर्षीया मीना तामाङ र १५ वर्षीया सञ्चलक्ष्मी तामाङ छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र जलविरेमा उपचार पछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा लगिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको लापर्बाहीका कारण विगत पाँच वर्षको अवधिमा उच्च विद्युत् प्रवाहबाट जिल्लामा करिब दुई दर्जन व्यक्तिले अकालमा ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । रासस