तपाई यकिन गरिरहनुभएको छैन् तर, यो सत्य हो कि कैयौ पटक सुत्ने बानीका कारण पति पत्नीबीच डिभोर्सको स्थिती पैदा हुन्छ ।
हरेक ठाउम्को आफ्नो केही नियम र शर्तहरु हुन्छ त्यसैगरी बेडरुममा पनि केही कुराहरुको विशेष ख्याल राख्नुपर्छ । कैयौ पटक अन्जानमा भएको गल्ती सम्बन्धमा भारी पर्छ । यस्तोमा यी नियमहरुलाई मानेर तपाई पनि आफ्नो वैवाहिक जीवनको एक नयाँ रंग दिन सक्नुहुन्छ ।
१) यदि तपाई दुबैको सुत्ने समय अलग अलग छ भने सबैभन्दा पहिला यो बानीलाई सुधार गर्नुस् । प्रयास गर्नुस् कि तपाई दुबै जना सँगै सुत्नुस् अर्थात एकै समयमा सुत्नुस् । यस्तो न होस कि दुबैमा कुनै एक सुतोस र दोस्रो काम गरिरहन्छ ।
२) प्रयास गर्नुस् कि सुत्नुभन्दा पहिला तपाईको हातमा मोबाइल नहोस् । बेडरुममा टेलिभिजन राख्नबाट बच्नुस् । सकिन्छ भने एउटा म्यूजिक प्लेयर राख्नुस् ताकि रातमा मधुर संगीतको मजा लिनसक्नुस् । सुत्नुभन्दा अगाडिको समयमा ल्याप्टप, मोबाइल र टेलिभिजन हेर्नुभन्दा तपाईले आफ्नो पार्टनर (पत्नी)सँग कुरा गर्नु राम्रो हुनेछ ।
३) काम गर्ने वाली मेड, अफिसको पोलिटिकस, नातेदारको गलत कुरा गर्नु अथवा कुरा काटेर बस्नुभन्दा यो समयमा तपाई दुबै (जोडी)ले एक–अर्कासँग कुरा गर्नुस् । मायाले भरिएका कुराले तपाईको सम्बन्धलाई अझै मजबुत बनाउने काम गर्नेछ ।
४) एक अर्कामाथि पूरा ध्यान दिनुस् । तपाईको सानो सानो तारिफ पनि तपाईको पार्टनरका लागि निकै महत्वपूर्ण हुन्छ । प्रयास गर्नुस् कि सुत्नुभन्दा पहिला तपाई उनलाई महसुस गराउन सक्नुस् कि उनी तपाईको लागि कति स्पेशल छिन् । यस्तो महिनामा एकचोटी होइन् हरेक दिन गर्नुस् ।
