बाबुरामलाई त्यहाँबाट लखेटिएको छ। कडा सुरक्षा घेरामा बाहिर निकालेर बाबुरामलाई यात्री निवासमा राखिएको छ। रामचन्द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् र स्थिति अहिले पनि तनावपूर्ण छ।
बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम पुरै विथोलिएको छ । बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच सुरुमै भत्काइदिएका थिए र पछि त्यहाँ उनीहरुले आगो लगाए।
प्रभु शाहलगायतलाई पनि मधेसी युवाहरुले पनि कार्यक्रमस्थलबाट लखेटेका छन्। दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।