सन् २००३ मा अलाम खान १२ बर्षको थियो । त्यस बखत उनीहरुको पारवारिक एक मित्रले आफ्नो बुबाको हत्या गरेको उनले देखेका थिए ।
सोही हत्याको बदला लिन उनले हत्याराको हत्या गरेको बताएको छ । पुरानो घटना सम्झिदै त्यस हत्यारालाई पनि १२ टुक्रा पारेर नदीमा फालिदिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको समाचारअनुसार खानले आफ्नो बाबुको हत्यारालाई घरमा रक्सी खान बोलाएको र रक्सीले मातेका उनलाई छुरी र ह्यामरले हानेर मारेका थिए ।
उनले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो बुबाको हत्यारालई मार्ने आफ्नो पुरानो इच्छाबमोजिम नै घरमा रक्सी खान बोलाएको र रक्सीले मातेपछि सुरुमा छुरीले हानेर ढालेपछि ह्यामरले टाउकोमा हानेर मारेको बताएका छन् ।
त्यसपछि ह्याक्सो ब्लेडले त्यस व्यक्तिका १२ वटा टुक्रा पारी बोरामा हालेर नजिकैको नदिमा फालिदिएका थिए ।
भारतको उत्तरप्रदेशमा गत हप्ता सो हप्ता सो घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यस व्यक्तिले सन् २००३ मा आफ्नो बुबाको घाँटी रेटेर हत्या गरेको आफूले देखेको भन्दै अलाम खानले सो योजना बनाएको बताएका छन् ।
उनले आफूले विगत लामो समयदेखि सो योजना बनाएको र गतहप्ता त्यो सम्भव पनि भएको सोमबार जानकारी दिए ।
प्रहरीले पक्राउ गरेपछि सोमबार सम्वाददाताहरुसँग उनले भने– मैले विगत लामो समयदेखि यस कार्यका लागि पर्खिरहेको थिएँ र गतहप्ता मेरो सपना साकार भएको छ ।
उनले यसका लागि एकजना साथीको पनि सहयोग लिएको बयान दिएका छन् । तर त्यस व्यक्तिलाई चक्कुले ढलाएपछि ह्यामरले हानेर मार्नेसम्मको काम भने आफैले मात्र गरेको उनले बताए ।
टुक्रा पारिसकेपछि भने प्लास्टिकका विभिन्न पोकामा हालेर नजिकैको नदीमा फाल्ने काममा उनले सघाएको बताए । यसरी मारेपछि उनीहरुले नदीमा लगेर फालेका थिए ।
स्थानीय मोहम्मद राइस नामको त्यस व्यक्तिलाई खानले रक्सी खानका लागि साँझको समयमा घरमा बोलाएका थिए ।
नदीमा शरीरका टुक्रा उत्रिएपछि प्रहरीले मारिने व्यक्ति राइस नै हुन् भनेर चिन्न पनि प्रहरीलाई निकै गाह्रो भएको थियो ।
शव उनैको हो भनेर चिनेपछि भने अलामले रक्सी खान बोलाएको र हत्या गरेको विषयमा खुलेको थियो । उनले हत्या स्वीकारीसकेको बयान प्रहरीलाई दिएका छन् ।
खानलाई उद्धृतगर्दै भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ-मैले उसलाई मारिसकेपछि ठूलो आवाजमा संगीत बजाएँ र उसको शरीरका टुक्रा पारेँ ।
उनले आफ्नो बुबाको हत्यारा को हो भन्ने बारेमा १२ वर्षसम्म कसैलाई पनि भनेका थिएनन् । यसका लागि उनले अत्यन्तै गोप्य रुपमा यो योजना बनाएका छन् र अहिले सफल भएको बताएका छन् ।
प्रहरीसँगको बयानमा उनले भने– मैले यस बदलाका लागि १२ वर्षसम्म कुरँे र आज काम सम्पन्न गर्न सकेकोमा म निकै खुसी छु ।
उनको अनुसन्धानमा खटेका प्रहरी सुपरिटेन्डेन्ट रामसुरेश यादवले खानले आफूले सो कार्य गरेको र बाबुको हत्यारालाई बदला लिँदा आफूलाई आनन्द आएको भन्दै खानले बिना कुनै पश्चाताप स्वीकार गरेको बताएका छन् ।
प्रहरीले उनको घरबाट त्यस व्यक्तिलाई मार्न प्रयोग गरेका सबै सामाग्री र हतियार बरामद गरिसकेको जानकारी पनि प्रहरीले दिएको छ । रासस/एएफपी