फोटो दैनिक नेपाल बाट
ेमनिषाले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उनका आफन्त र गाउँलेहरुले हत्यारालाई कारवाहीको माग गर्दै जिप्रका घेराउ गरेका हुन् । उनीहरुले सोहि क्रममा हत्यारालाई तत्काल कारबाहीहोस भनेर ज्ञापन पत्र समेत बुझाएका छन् । आत्महत्या भनेर हत्यारालाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
julus
फोटो दैनिक नेपाल बाट
मनिषाको हत्या आंशकमा पक्राउ परेका उनका प्रेमी आशिषलाई कुनै नपरी र प्रभावमा नपरी अनुसन्धानगरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । हत्यारालाई हदैसम्मको कारवाहि गर्नुका साथै पीडितलाई क्षतिपुर्तिसहितको न्याय दिलाउन माग गरेका छन् ।
पीडितसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले निष्पक्ष छानविन भईरहेको जानकारी गराउँदै दोषीलाई कडा कारवाही हुने बताए । यता प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले घटनाको घटनाका विषयमा अनुसन्धान कायम रहेको जानकारी गराउँदै अपराधी कुनै पनि हालतमा उम्कन नपाउने भन्दै कानुन बमोजिम कारबाही गर्ने दावी गरेका छन् ।