नेपालीको मृत्यु भएको खबर सुनेर सुरुमा ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जलि लिँदै सहानुभुुति प्रकट गरे । त्यसपछि लगत्तै अर्काे ट्वीट गरे, जसमा लेखिएको थियो– दुःखको यस घडीमा नेपाललाई सहयोग गरिरहेका छौं ।
जून सरासर झुट थियो । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भारतबाट कुनै सहयोग भएको छैन् । मोदीले कुटनीतिक भाषा प्रयोग गरी काबुल घटनालाई लिएर सहानुभुति दर्शाउँदै नेपालीको मन जित्न खोजेका थिए ।
नाकाबन्दी, मधेस आन्दोलनमा प्रत्यक्ष सहयोग लगायतका व्यवहारले भारतप्रति नेपालीको मनमा घृणा जागेपछि दुःखद घटनामा सहानुभुति दर्शाउँदै झुट बोलेर मोदीले नेपालीलाई फकाउन खोजे ।
प्रधानमन्त्री ओलीले गरेरै देखाएदिए
भारतले सहयोग गरिरहेका छौं भनेको बेला यता केपी ओली नेतृत्वको सरकारले नेपालीको उद्दार गर्न आफै सक्षम छौं भन्ने सन्देश दिएको छ । सरकारले काबुलमा मारिएका नेपालीको शव र घाइते ल्याउन जहाज पठाउने निर्णय गरिसकेको छ । परराष्ट्रमन्त्री कमल थापाका अनुसार जहाज आजै काबुल पठाउने तयारी भइरहेको छ ।
यसअघि इराकमा १२ जना नेपालीको हत्या हुँदा, यमनको गृह युद्धमा फसेका नेपाली ल्याउन भारतले सहयोग गरेको थियो । त्यसैकारण यसपटक पनि नमाग्दा नमाग्दै सहयोग गर्ने आश्वासन मोदीले मौखिक रुपमा आफै दिएका थिए ।
तर, सरकारले पहिलोपटक आफ्ना नागरिकको उद्दारका लागि आफ्नै जहाज पठाउने निर्णय गरेपछि अब भारतको सहयोग आवश्यक परेन् । ओली सरकारले पहिलो पटक भारतको सहयोग नलिइ अब नेपाल समक्ष भइसकेको सन्देश दिएको छ ।
शव तथा घाइते लिन जहाज जाने
सरकारले अफगानिस्तानमा आतङ्कारीको हमलाबाट निधन भएका नेपालीको शव र घाइते लिन जहाज पठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले जहाज पठाइने र त्यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपाल वायुसेवा निगमका जहाज आजै त्यसतर्फ जाने र बुधबारसम्म शव र घाइते नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । शव तथा घाइते ल्याउनका लागि आज सो मन्त्रालयमा तीनै सुरक्षा निकाय, निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज छिट्टै पठाई अफगानिस्तानबाट शव र घाइते ल्याउने तयारी भइरहेको जानकारी दिए । अफगानिस्तानको काबुलमा मङ्गलबार बिहान भएको घटनामा परी १२ नेपालीको ज्यान गएको थियो । सो घटनाप्रति नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरिसकेको छ । क्यानडाली दूतावासमा कार्यरत उनीहरु त्यसतर्फ मिनीबसमा जाँदै गर्दा मङ्गलबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए ।
घटनामा परेर दिवङ्गत नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कावा राजदूत त्यसतर्फ पुगिसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा तीन हजार नेपाली
अफगानिस्तानमा हाल वैधानिक तीन हजार ३२३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षा गार्डका रुपमा श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्था मार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताए ।
ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उनले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिए । अवैधानिक रुपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः गएको हुन सक्ने र त्यो सङ्ख्या बढेको देखिने बताउँदै उनले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिए ।
विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन । त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ ।
- See more at: http://www.dainiknepal.com/2016/06/161347.html#sthash.KBSDvUvs.dpuf
