सिओआइसीका अनुसार भारतको नारनौन्दमा सोमबीर नामका युवाले दाइ विदेश गएको मौकामा आफ्नी भाउजूमाथि यौनप्रस्ताव राखेका थिए । तर उनकी भाउजूले दाई हुँदाहुँदै देवरसँग सम्बन्ध राख्न गलत भएको बताउँदै सोमबीरलाई गालि समेत गरेकी थिईन् । त्यही रिसमा बदला लिन सोमबीरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूको बलात्कारपछि हत्या गरेको दुईदिनपछि सोमबीर पनि मृत भेटिएका छन् ।
उनलाई नजिकैको खेतमा परिवारले सुतिरहेको अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर जाँचुझ गर्दा उनी मृत भेटिएका थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शवलाई पोस्टमार्टम गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
