जसबाट रेड एरियाका यौनकर्मीलाई फाईदा पुगेको छ । यो निर्णयले अप्रत्यक्ष रुपमा फाईदा हुने यौनकर्मीहरु बताउँछन् ।
प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
“पर्यटकको सुविधा र व्यवसायीको मागलाई मध्यनजर गरी निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको छ, त्यसका लागि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो ।
उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन (सिसीटिभी), डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ ।
प्रमुख पर्यटकीय व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
