उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शव लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउने निर्णय भएको जानकारी दिए ।
जहाज आजै काबुल जाने र त्यसको आवश्यक तयारी भइरहेको मन्त्री थापाको भनाई छ ।
सोमबार विहान अफगानिस्तानमा नेपाली सुरक्षागार्ड सवार मिनीबसमा हमला हुँदा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
घाइतेको उपचार भइरहेको छ ।