बरीष्ठ संगीतकार गुरुङको ७९ वर्षको उमेरमा आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, युजीआइ ब्लिडिङ, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई ग्राण्डि अस्पतालमा भर्ना गरिएको थियो ।
