जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४ । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर बिमल घर्ती मगर आफ्नो बहिनीको मृत्युको पीडाले भावव्हिवल छन् । झण्डै एक सातादेखि आँसुमा डुबेका विमलले सबैलाई रुवाउने स्टाटस फेसबुकमा लेखेका छन् । आफ्नो बहिनीको हत्यारालाई कारबाही हुनुपर्छ भन्ने आशयको उनको स्टाटसमा आफूलाई साथ दिन सबैसामु अपील गरिएको छ ।
यस्तो छ स्टाटस:
सानोछँदा बाबु गुमाएँ । बाबुपनि देशका लागि लड्नुहुन्थ्यो । विस्तारै त्यो पीडा भुल्दै जाँदा १० वर्ष भएको थियो अर्को पीडा थपियो मेरो परिवारमा । बाबुले पनि देशका लागि कति गर्नुभयो अनि मैले पनि देशका लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो देशका लागि गरेर के काम ? देशका लागि लड्ने मान्छेलाईसमेत सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु ? मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने यो देशका लागि के गर्नु ? आज म रोइरहेको छु । भोलि अरु कोही रोहिरहेको होला । मलाई सबैको साथ चाहिएको छ । आजसम्म देशका लागि लडेँ, अब बहिनीका लागि लड्छु ।
मनिषा मत्यु प्रकरण : पोलिग्राफ परीक्षणमा आशिषले नढाँटेको भेटियो (भिडियो)
Views:
Category:
