विल्केस ब्यारी सहरस्थित उमिङ भ्याली मलका मालिकले गएको बिहिबार पसलबाट चोरले झण्डै डेढसय थान पेन्टी चोरेको उजुरी प्रहरीमा गरेपछि घटनाको खुलासा भएको हो । यी पेन्टीको मूल्य २ हजार १ सय ८० डलर अर्थात् २ लाख १० हजार रुपैयाँभन्दा बढि रहेको दाबी स्टोर मालिकको रहेको छ ।
स्मरण रहोस् उक्त मलबाट गएको फेब्रुअरी, मार्च र अपि्रलमा गरी डेढ सय वटा ब्रा समेत चोरी भएका थिए ।
अपि्रलमा भएको चोरीमा दुइजना महिला संलग्न भएको देखिएको थियो । सपिङ मलको सिसिटीभी फुटेजमा दुइजना महिलाले आफ्ना झोलामा ब्रा हरु कोचिरहेको देखिएको थियो । चोरी भएका ब्राका कारण स्टोरलाई ७ हजार ७ सय डलर अर्थात् झण्डै ८ लाख रुपैयाँ नोक्सानी भएको थियो ।
पछिल्लो पेन्टी चोरीको प्रकरणमा कुनैपनि भिडियो तथा सुराकी प्राप्त नभएको बताइएको छ ।