यौन सम्पर्कले नै महिनावारीमा गडबढी हुने भन्ने चाँहि हुँदैन तर महिनावारी लाई हर्मोनहरुले निर्देशीत गरिरहेको हुन्छ । त्यसैले यौनसम्बन्ध राखिसकेपछि मनमा के कुरा खेल्न सक्छ भने अब मेरो पेटमा गर्भ रहने होकि भन्ने खालको एउटा मानसिक तरङ्गहरु आउनसक्छ । यस्ता सोंचले पनि हाम्रो हर्मोनहरुमा तलमाथि गराउँछ । कहिलेकाँही यौनसम्पर्क गरीसकेपछि लामो समय सम्म महिनावारी नै हुँदैन । अनि एउटै चिन्ता के हुन थाल्छ भने ला.. अब मेरो पेटमा बच्चा बसेछ । भन्ने चिन्ताले सताउन थाल्छ । तर गर्भ नरहँदा पनि महिनावारी रोकिने पनि हुन्छ ।
इलामको साथीको जिज्ञासालाई हेर्दा उहाँको निको भईसकेको महिनावारीहुँदा रगत लामो समय सम्म बग्ने भन्नेकुरा फेरी पछि यौनसम्पर्क गरीसकेपछि उल्टियो भन्ने कुरा गर्नुभो त्यसमा उहाँले सोच्ने कुरामा अब यौनसम्पर्क गरीसकेपछि महिनावारीमा गडबढ भयो कतै गर्भ रहने होकि ? यस्तो चिन्ताले पनि हर्मोनमा परिवर्तन ल्याएको हुनसक्छ । त्यसैले आफ्नो सोचाईमा सामान्य ढङ्गले लिनु भयो भने पनि सामान्य बन्दै जान्छ । तर ख्यालगर्नु पर्ने कुरा भनेको यौन सम्पर्क गर्दा सुरक्षित यौन सम्पर्क गर्नुहोला । असुरक्षित यौन सम्पर्क गर्नुभयो भने बच्चा रहने सम्भावना पनि हुन्छ । त्यसैले यौनसम्पर्क गर्दा नै धेरै ध्यान पुर्याउनु होला ।
