आज दिउसाे ३ बजेदेखि ५ बजेसम्म छापाकाे क्रममा १२ जाेडीलाइ रगेहात प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
बुटवलकाे नेपालगंज राेड बसपार्क एरिया तथा इट्टाभट्टीमा रहेका हाेटलहरुबाट १२ जाेडि फेला परेका हुन् । उनीहरुलाइ प्रहरीले नियन्त्रणमा राखेकाे छ ।
गुरुङ् हाेटल, सिटिजन हाेटल ,प्रदीप हाेटल , कंचन हाेटल ,भुपु शैनिक हाेटल , धाैलागिरी हाेटल , माछापुच्छ्रे हाेटलबाट उनीहरु छाेपिएका हुन् । पक्राउ पर्ने अधिकांश कलेजका बिद्यार्थी छन् ।
आज प्रहरीले २३ वटा हाेटलमा छापा मारेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले नागरिक आवाजलाइ बताए ।
