काठमाडौँ, ६ असार । अफगानिस्तानमा आज भएको आतंकवादी हमलामा परेका नेपालीको तस्वीर दैनिक नेपाललाई प्राप्त भएको छ ।
सोमबार बिहान अफगानिस्तानको काबुलमा आतंकवादी संगठन तालिवानले गराएको आतंकवादी बिस्फोटनमा १४ जना नेपालीको ज्यान गएको हो । घटनामा घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काबुलस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपालीहरु आफू कार्यरत कम्पनीबाट मिनीबसबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा बिहान ५ः४० बजे आक्रमणमा परेका थिए ।
घटनामा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको परराष्ट्र मन्त्री कमल थापाले सोमबार संसदमा जानकारी दिए । अफगानिस्तानमा रोजगारीका लागि नेपाली पुगेपनि नेपाल सरकारको आधिकारिक उपस्थिति छैन् । जसका कारण नेपालीहरुले सास्ती भोग्दै आएका छन् ।
परराष्ट्र मन्त्रालयले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी घटनामा मारिएका १४ मध्ये अहिलेसम्म १२ नेपालीको पहिचान भएको जनाएको छ । र नामहरु पनि सार्वजनिक गरेको छ । घाइते नेपालीको परिचय खुल्न सकेको छैन् । यस्तो छ काबुलको अस्पतालमा उपचार गराइरहेका नेपालीको तस्वीरः
- See more at: http://www.dainiknepal.com/2016/06/161002.html#sthash.XIYPywfc.dpuf