उनकी आमा मिमीका अनुसार बिहान नुहाएपछि उनी भिडियो गेम खेल्न लाग्छन् र त्यतिबेलासम्म खेलिरहन्छन् जतिबेलासम्म उनको शिक्षक आएर उनलाई विद्यालय लैजाँदैनन् । स्कुल गएपछि उनी फेरि भिडियो गेम नै खेल्न थाल्छन् ।
शारीरिक अक्षमतासँग लडिरहेका उनी आजकल मुखको सहयोगमा लेख्न सिकिरहेका छन् । उनको प्रिन्सिपल भन्छिन्–दुई कक्षामा पढ्दै गरे पनि उनी चार कक्षाका गणितको प्रश्न हल गर्न सक्षम छन् । तर, यस्तो सधै थिएन । पहिला उनी आफ्नो शारीरिक असक्षमताका कारण असुरक्षाको भावनासँग लडिरहेका थिए । आफ्ना साथीहरुबीच आफ्नो पहिचान बनाउनका लागि संघर्ष गरिरहन्थे ।
तर, अहिले उनी विद्यालयका नियमित विद्यार्थी हुन् । तैपनि उनी विद्यालय जान र आउन अर्कैमा निर्भर भने छन् । उनी आफ्नो मिलनसार स्वभाव र मुस्कानले विद्यालयमा सबैको प्यारो बनेका छन् ।
उनकी आमाका अनुसार उनी गर्भावस्थामै आफ्नो छोराको यो स्थितिका बारेमा थाहा थिएन । जन्मपछि पनि उनलाई आफ्नो छोराको हातखुट्टा नभएको बताइएन ।
उनलाई बच्चा सबै कुरामा सामान्य रहेको बताइएको थियो । छोरा बिल्कुल स्वस्थ रहेको बताइएको थियो । तर, जब उनलाई वास्ताविकता थाहा भयो तब स्थिति स्वीकार गर्न कठिन भयो । उनले भनिन्–तैपनि मैले यसप्रकारको स्थिति स्वीकार गरेँ । टियोको हेरचाह गर्नु मेरा लागि फूलटाइम जब नै बनेको छ।
टियोका पिता भन्छन्–टियोलाई हेरचाह गर्नु परेका कारण हामी कतै जान पाउँदैनौ । यदि हामी काममा लाग्ने हो भने बच्चाको देखभाल कस्ने गर्ने ?
