विश्वकै चर्चित आइरिस फोटोग्राफर केविन अबोसले सन् २०१० मा खिचेको यो तस्वीरलाई एक व्यापारीले १ मिलियन युरो अर्थात १२ करोड रुपैयाँ हालेर किनेका बेलायतको मेट्रो पत्रिकाले जनाएको छ ।
उक्त फोटो किन्ने युरोपका ती व्यापारीको खुलाइएको छैन् । उनी केविनको बच्चैदेखिको फ्यान रहेको बताइएको छ । कालो परिदृश्यमा पोट्रेट फोटोग्राफीका लागि केविन चिनिन्छ । उनले लिएको आलुको तस्विर पनि त्यही प्रकारको रहेको छ जसलाई पोट्रेट ३४५ नाम दिइएको छ ।
केविनको स्टुडियोका एक कर्मचारीका अनुसार उनलाई आलु निकै मनपर्छ ।
त्यही भएर उनले विभिन्न आलुहरुको तस्विर लिएका थिए, जसमध्ये यो उनको सबैभन्दा मनपर्ने तस्विर हो । केविन बिजनेस र शो बिजनेसका चर्चित व्यक्तिका लागि स्टाटस सिम्बोल नै बनेका छन् ।
