उहाँहरुले कर्णाली अञ्चलका विभिन्न जिल्लामा लामो खडेरीका कारण खाद्य पदार्थको अभाव रहेको र त्यसमा पनि हुम्ला बढी प्रभावित रहेको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन आग्रह गर्नुभयो ।
बाढी पहिरोका कारण मुलुकका विभिन्न जिल्ला प्रभावित भएको, भूकम्पपीडित जनता अझै पनि खुला आकासमुनि बस्न बाध्य भएपनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकामा गुनासो गर्नुभयो । यसरी धारणा राख्ने सांसदहरुमा कृष्णप्रसाद पौडेल, गणेशसिंह ठगुन्ना, जीवनबहादुर शाही, तुलसा रानालगायत हुनुहुन्थ्यो ।
यसअघि सङ्घीय सद्भावना पार्टीका सांसद डिम्पलकुमारी झाले संविधान लेखन प्रक्रियामा नै असन्तुष्टी व्यक्त गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका मधेसवादी दलको माग सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिएकामा असन्तुस्टि व्यक्त गर्नुभयो ।
उहाँको सो धारणा लगत्तै मधेसवादी र आदिवासी जनजाति सम्बद्ध दलका सांसदहरुले बैठक बहिष्कार गर्नुभयो ।
- See more at: http://www.dainiknepal.com/2016/07/164475.html#sthash.nU5lydGj.dpuf
