डोमेनिकन गणतन्त्र
विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।
कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।
नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।
