मलेसियाको जंगलमा एलियन भेटिएको भन्ने हल्लाका साथ भिडियो निकै चर्चित भएपछि उक्त घटनाले वन अधिकारीहरुको ध्यान तान्यो । अन्ततः जंगलमा उक्त जनावरको खोजी सुरु गरियो । कर्मचारीहरुले त्यसलाई फेला पारेर समाउन पनि सफल भए ।
उक्त जनावरलाई समातेर वन कार्यालयमा ल्याई अनुसन्धान गर्दा पो बल्ल थाहा भयो, त्यो कुनै एलियन रहेनछ । त्यो त एक लोपोन्मुख भालुको प्रजाति रहेछ । रोगका कारण रौँ झरेपछि त्यसकेा जिउ त्यस्तो कुरुप भएको रहेछ ।
वन अधिकारीहरुले उक्त जनावरको उपचार गरेका छन् । एलियन भनिएको उक्त भालु हाल स्वस्थ भैसकेको बताइएको छ । भालुले खाना तथा पानी खान सुरु गरिसकेको र ऊ सुरक्षित अवस्थामा रहेको भन्दै वन अधिकारीले त्यस भालुको जिउमा रौँ भने नपलाएको बताए । सबै रौँ झर्नु र नयाँ रौँ पलाउनुको कारणबारे अनुसन्धान भैरहेको छ ।