यहि धुलो बाट बच्न को लागि सधै घर बाट निस्कनु भन्दा पहिला पछौरी ले मुख ढाक्ने गर्छु , यी खुडकिना हरु बाट तल ओर्लेर जब बाहिर निस्कन पनि पाएकी हुदैन मेरो मुख मा लपेटिएको को पछौरी कफन जस्तै लाग्छ , दुनिया का कुनै व्यक्ति हरु को लागि म एक केटि हु जसले गर्मि अनि धुलो बाट बच्न को लागि मुख लाइ पछौरी ले छोपेकी हुन्छु |
तर केहि यस्ता मनुवा हरु हुन्छन जसको आखा मेरो आखा लाइ चिर्दै शरीरलाइ जकड्ने कोसिस गर्छन , ति केहि व्यक्ति हुन्छन जसको लागि म मुख छोपेकी वो केटि हू जो Costumer खोज्दै गरेकी Prostitute हो | Formal drress पहिरिएर , Office को लागि लन्च बक्स हात मा लिएका ति शालीन अनुहार दुनिया संग आखा बचाउदै सुस्तरी सोध्ने गर्छन , तिमि त्यी होइनौ र ? कति लिन्छौ , जाने हो ?
जस्ता बचन बाण छोडने गर्छन | मैले नसुने झैँ गरेर ति व्यक्ति हरु बाट बच्दै निस्किने गर्छु तर त्यो दिन लोग्ने मान्छे हरु प्रति एक कुरा त पत्ता लग्यो ,
तिमि आफुलाई चाहे जति सुकै ढाक फेरी पनि हबस र हैबानियत को नजर ले देख्ने हरु को बस चले त्यो ढाकिएको शरीर लाइ उसी समय झझोड्न चाहन्छन् |
कहिले काही बस stand मा बस को पर्खाई मा हुन्छु त्या भएका आधा नजर हरु मेरो पछौरी ले छोपिएको अनुहार मा पुग्ने गर्छन |
अनि जस्तो सुकै धुलो भएपनि पछौरी हटाउने गर्छु कि कहिँ फेरी पनि उनीहरु मलाई वो नसोचुन ....
कति गलत छु न म, अझै पनि आफै लाइ दोषी मान्छु अनि फटाफट आफ्नो अनुहार बाट नाकाब हटाएर Explain गर्ने कोशिस गर्छु कि , "मलाई माफ गर्नुस म वो हैन सायद तपाई गलत सम्झिनु भको छ |"
एक दिन को कुरा हो म आफ्नो बुवा संग कतै जादै थिए हामी टेम्पो स्टेन्ड मा थियौ बुवा अगाडी पट्टी टेम्पो हायर गर्नु जानु भको थियो येत्तिकै मा एक भलाद्मी जस्ता देखिने कार मा आएका ति बक्ति ले कार को सिसा तल ओराल्दै सोधे जाने हो ? म अलमल्लिए अनि आखा कै इसारा बाट केहि भन्न नपाउदै तिब्र बेग मा कार हुइकाउदै उनि त्या बाट निस्किए ,,
म केहि नबोली त्यी बुवा को पर्खाइ मा उभी रहे अनि टेम्पो मा बस्दै रिस को आवेग मा पछौरी खोलेर मिल्काई दिएं ,
आज पनि यो सहर मा उत्ति नै धुलो छ त्यस को केहि हिस्सा मेरो अनुहार मा पनि लाग्ने गर्छ तर अब त्यो धुलो देखि डर लाग्दैन न अब त्यो पछौरी मेरो पर्स मा रहन्छ , जसबाट म यो धुलो देखि आफ्नो अनुहार लाइ बचाउने गर्दथे |..