हिजो मात्र ५० वर्ष पुरा गरेका शाहरूखले देशमा पछिल्लो समय असहिष्णुता बढ्दै गएको र मानिसहरुले बिना सोचविचार जे पनि बोल्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । आफ्नो ५० औं जन्मदिनको दिन ट्वीटरबाट प्रशंसकसँग साक्षात्कार गर्दै शाहरूखले भनेका छन्, ‘ हो, प्रतिकात्मक सन्देश दिनको लागि म पनि सम्मान फर्काउँछु। देशमा असहिष्णुता बढिरहेको छ। यो चरम विन्दुमा पुगिसकेको छ।’शाहरूखले सबै धर्मका मानिसहरु बराबर रहेको बताउँदै धर्म निरेपक्षता नचाहनु राम्रो कुरा नभएको पनि बताए। त्यस्तै उनले सरकारी सम्मान फर्काइ रहिएको प्रति लक्षित गर्दै भने, ‘म पुरस्कार फर्काउने स्थितिमै त छैन् तर म ती व्यक्तिहरुको सम्मान गर्छु ।’ उनले यसो गर्दा परिस्थितमा परिवर्तन आँउछ भनेर जसरले सम्मान फिर्ता गरिरहेका छन् छन्त्य त्यो एउटा इमान्दारीता बहादुरीले भरिएको काम भएको बताएका छन् ।