सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग
मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक
होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो ।
उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर
त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११
बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर
एकसाताअघि मात्रै जानकारीमा आएको थियो । स्थानीय दैनिक पत्रिका हरियान
मेट्रोमा अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक
‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी
चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले
होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप
लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास
उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी
होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् ।
जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी
प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर
दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको आफुले पिल्स चक्की पनि
खाएको बताएकी थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग
गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो ।
लत्ताकपडाहरु छरिएका अवस्थामा थिए ।
घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र
प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
तर यसबारे पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित
ठेगानापनि खुल्न सकेको छैन । यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी
नआएको स्रोतले बतायो