Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Thursday, June 2, 2016

Basant-Gharti-Mao-Kendra-Ne

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी छाडेर पार्टी एकीकरणको अभियान सक्रिय भएपछि बसन्त घर्ती मगरलाई विभिन्न आरोपहरू लागे । विशेष गरेर ‘विप्लव’ माओवादीले अलि धेरै चर्का आरोप लगाए । तर, ती सबै आरोपको घर्तीले अस्वीकार गर्नुभएको छ । उहाँले आफू जनयुद्धदेखि माओवादीमा लागेर संघर्ष गरेर यहाँसम्म आएको नेताको हैसियतले राजनीतिक आन्दोलनका क्रममा लाग्ने आरोप र आक्षेपहरूलाई व्यक्ति सुध्रिने मौकाका रुपमा लिने गर्नु भएको छ । रोल्पा जिल्ला जन्मथलो भएपनि पाल्पामा जनयुद्धका बेला माओवादी आन्दोलनमा सक्रिय रहनुभएका घर्तीले नै ‘विप्लव’ माआवादीका नेताहरूलाई तत्कालीन एकीकृत माओवादीका शीर्ष नेताहरूसँग सम्पर्क गराई पार्टी एकतामा ठूलो भूमिका खेल्नुभएको थियो । ‘विप्लव’ माओवादीले पार्टी विभाजन गरेको भन्दै घर्तीलाई नै तारो देख्ने गरेको छ ।
आगामी दिनमा नेकपा (माओवादी केन्द्र) सांगठनिक रुपमा सक्रिय रहने बताउनुभएका घर्तीले विगतमा जेजस्ता कमिकमजोरी भए त्यसलाई सच्याएर मुल माओवादीलाई मुलुककै ठूलो पार्टी बनाउन योगदान पु-याउने बताउनु हुन्छ । यसै विषयमा केन्द्रीय सदस्य बसन्त घर्ती मगरसँग हामी सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :
‘बिप्लव’ माओवादी किन फुटाउनु भएको हो ?
– पार्टी फुटाएको होइन । मैले राजीनामा दिएको हुँ । म जस्तै अरु साथीहरूले पनि ‘विप्लव’ माओवादी राजीनामा दिएर छाड्नु भएको हो । त्यसपछि सिद्धान्त र मन मिल्नेहरूले नेकपा माओवादी (विद्रोह) गठन गरेर पार्टी एकीकरण गरिएको हो । तपाईले भने जस्तो ‘विप्लव’ माओवादीलाई हामीले फुटाएको पटक्कै होइन । टिमलाई लैजाने तयारी थियो तर, पार्टीले एकता नगर्ने भनेपछि हामी बिचार मिल्नेसँग मिलेर नयाँ पार्टी बनाएका हौँ ।
पार्टी एकताको विषयमा ‘विप्लव’सँग कुरा भएन ?
– पार्टीले नै तत्काल एकता प्रक्रिया आवश्यक छैन भनेर निर्णय गरेपछि ‘विप्लव’सँग कुरा गर्ने कुनै आवश्यक्ता ठानेनौँ । उहाँ छुट्नु भयो । वैचारिक ढङ्गले तिलक परियारको नेतृत्वमा नेकपा माओवादी (विद्रोही) गठन गरेका ग¥यौँ । त्यसपछि एकीकृत माओवादीसहितका विभिन्न माओवादी पार्टीहरू एक भएर पार्टी एकीकरण भइ नेकपा (माओवादी केन्द्र) बनाइएको हो । यो नयाँ पार्टीलाई अगाडि बढाउने हामी सबैमा दायित्व थपिएको छ ।
पार्टी छाड्दा ‘विप्लव’ माओवादीले तपाईहरूलाई कुनै आरोप लगाएनन् ?
– लगाउनु भयो नि । उहाँले हामीलाई सुधारवादीधार भन्नुभएको छ । क्रान्तिबाट भागेको भन्नुभयो । तपाई आफै भन्नुस् मुलुकमा सुधार चाहने । माओवादी पार्टीको उदेश्यलाई पूरा गर्न छरिएर रहेका सबै माओवादी पार्टी एक हुनुलाई क्रान्तिबाट भागेको भन्न मिल्छ ? यो त उहाँहरूको बुझाइनै गलत हो कि जस्तो लाग्छ । यतारित धेरै प्रवेश नगरौँ । छाडेको पार्टीको कुरा गर्नु उपयुक्त हुँदैन ।
तपाईहरू त एकीकृत माओवादीमा बिलय हुनु भएको आरोप छ नि ? त्यही भएर पार्टीमा असजिलो भएको छ रे ?
– बिलय भएको होइन । पार्टी प्रवेश पनि होइन । यो त सबै माओवादीहरू मिलेर नयाँ पार्टी बनाएका हौँ । नेकपा (माओवादी केन्द्र)मा हामी सबै आबद्ध भएका हौँ । हाम्रो अध्यक्ष ‘प्रचण्ड’ हुनुहुन्छ । हाम्रो पार्टी अस्तित्वसहित पार्टी एकीकरण भएकोले पार्टीमा असजिलो महशुस भएको छैन । बरु काम गर्न झन् सजिलो महशुस भएको छ । बिरोधीहरूले जे पनि भन्छन् । केही तत्व माओवादी आन्दोलन एकीकृत भएको देख्न चाहँदैनन् ।
माओवादी केन्द्रका केही नेता तपाईहरूसँग असन्तुष्ट छन् भनिन्छ नि ?
– हामी गइसकेपछि सबैमा हार्दिकता छ । पुराना नेताहरू फेरि एक ठाउँमा आएका छौं । पार्टीमा सौहार्दपूर्ण वातावरण छ । त्यस्तो अवस्था मैले पाएको छैन । कसैले पनि मसँग जिकिर गर्नुभएको छैन ।
तपाईले जे भने पनि नारायणकाजी श्रेष्ठ समूह सन्तुष्ट छैन भनेर सबैले भन्छन् ?
– त्यो तपाईको बुझाइ होला । तर, हामी पार्टीमा एकीकरणपछि सधै भेट हुने गरेको छ । बैठकहरू भइरहेका छन् । सबै सौहार्दपूर्ण छ । तपाईहरूले कसरी यस्तो कुरा भन्नुभयो ? उहाँहरू मात्रै होइन पार्टीमा कसैसँग तिक्तता छैन ।
तपाईहरूको पार्टीमा केन्द्रीय सदस्य धेरै भए नि ?
– सिनियर नेता र अरु माओवादी पार्टीको केन्द्रीय नेताहरूलाई ल्याउँदा प्राविधिक रुपमा पार्टी ठूलो भएको हो । महाधिवेशन भएपछि पार्टीले सानो आकार लिन्छ । एकताको सन्देश दिनका लागि पनि पार्टी ठूलो भएको हो । यसलाई अन्यथा लिनु हुँदैन । पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरोबाट आकार अलि सानो हुन्छ ।
अझै पनि केन्द्रीय सदस्य थपिदै छ रे हो ?
– केही सिनियर र पूर्व जनमुक्ति सेनाहरू छुट्नु भएको छ । उहाँहरूलाई समेट्ने कुरा भएको छ । सायद अध्यक्ष ज्यूले केन्द्रीय समिति विस्तार गर्नु हुनेछ । कार्यदलको सुझाव पनि त्यही छ ।
Basant-Mao-Kendraतपाईहरू बैठक बस्दा अब आमसभा गरे जस्तो हुने भो है ?
– त्यसरी नबुझौँ । पार्टी एकता भएको छ । जनयुद्धमा सँगै रहेका साथीहरू फेरि ‘प्रचण्ड’को नेतृत्वमा एकीकृत भएका छौँ । यसलाई अन्यथा रुपमा कसैले लिनु हुँदैन । बरु हाम्रा उदेश्यलाई कसरी अगाडि बढाउने त्यतातिर लाग्नु उपयुक्त हुन्छ ।
मोहन बैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकता गर्न दिनु हुन्न होला है अब तपाईहरूले ?
– उहाँहरूसँग पनि पार्टी एकताका लागि पहल हुनेछ । त्यहाँ पनि धेरै इमान्दार साथीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि नेकपा (माओवादी केन्द्र)को छातामुनि ल्याएर नयाँ ढङ्गले क्रान्ति गर्नुपर्छ । त्यसका लागि सबैलाई म आह्वान गर्छु । अहिले पार्टी एकीकरण सम्भव नभए पनि कुनै समयमा पक्कै ती दुई माओवादी पार्टीसँग एकीकरण हुन्छ । हाम्रो सहयोग रहन्छ ।
तपाईहरूका कराण माओवादी केन्द्रका नेताहरूले धमाधम राजीनामा दिँदै छन् रे ?
– खै मलाई त त्यस्तो थाहा छैन । पार्टी र संगठन राम्रो र सुदृढ बनाएर छरिएर रहेका माओवादी पार्टीलाई एक ठाउँमा ल्याउँदा को असन्तुष्ट होला र ? हो कसैलाई व्यक्तिगत कुराले सताएको हुन सक्छ । तर, माओवादी आन्दोलनलाई एकीकृत गर्नु सबैभन्दा ठूलो विषय हो । कार्यसमिति ठूलो भएकोमा केही साथीहरू असन्तुष्ट हुनु हुन्छ । अब छिट्टै महाधिवेशन आउँदैछ त्यसबाट पार्टीले आफ्नो अकार पाइहाल्छ नि । महाविधेशनसम्म कुरौ न । त्यतिसम्म धैर्यता गर्नु उपयुक्त हुन्छ ।
‘विप्लव’ माओवादीबाट आएकाहरू कनिष्ठ नेता हुन् भन्ने आरोप छ नि ?
– पहिला वा सुरुका दिनमा यो आरोप ठीक हुन सक्थ्यो । तर अब समय एकनास हुँदैन । राजनीति र संगठनमा लागेको व्यक्ति सधै कनिष्ठ भन्ने हुँदैन । अहिले हामीले संगठन गरेका छौँ । जनता हामीसँग छन् । कार्यकर्ता छन् । हामीलाई कसैले त्यो आरोप लगाउँछन् भने त्यसको मैदानमा काम गरेर जवाफ दिनु चाहन्छौँ । अहिले खण्डन गरेर मात्रै हुँदैन । व्यवहारबाट देखिने कुरा हो ।

‘पार्टी फुटाएको होइन, राजीनामा दिएका हौँ’

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...