Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, June 28, 2016

असार १४, २०७३- काबुल काण्डमा मृत्यु भएका १३ नेपालीका हकमा साबेर इन्टरनेसनल सेक्युरिटीमार्फत बिमा रकमस्वरुप तत्काल ३० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । तर, घाइतेका हकमा भने क्षतिपूर्ति रकमको टुङ्गो भैसकेको छैन् ।

यसैगरी, सुरक्षा लिने जिम्मेवार निकाय क्यानेडियन दुतावासले भने मृतक नेपाली कामदारको हकमा के कति क्षतिपूर्ति दिने हो, यसबारे निर्क्योल भएको छैन । काबुलमा स्थलगत अध्ययन एवं उद्धार/समन्वयका लागि इश्लामाबादबाट गएका कार्यबाहक राजदूत तिर्थराज अर्यालले काबुलमा क्यानेडियन दुतावासका बरिष्ठ कुटनीतिक अधिकारीलाई भेटेर नेपाली कामदारको पक्षमा सेवासुरक्षाको प्रत्याभूति दिलाउन र उचित क्षतिपूर्ति प्रबन्ध गर्न दबाब दिएका थिए । अहिले मृतकलाई दिइने बिमावापतको ३० लाख रुपैयाँ क्षतिपूर्ति रकम अहिलेसम्मकै सबैभन्दा थोरै हो । अफगानिस्तानमै अरु कम्पनीका हकमा दुर्घटनाका कारण मृत्यु भएमा कामदारले ६० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन् ।

'हाम्रो कुटनीतिक नियोगमा विधिअनुसार अनुमति र स्वीकृति नलिइ सञ्चालनमा रहेका सुरक्षा कम्पनीलाई पनि प्रकृयामा आउन ध्यानाकर्षण गराइएको छ,' एक अधिकारीले भने, 'हार्ट, सेबर, सिल्ड जस्ता सेक्युरिटी कम्पनीहरु अझै पनि दर्ता र स्वीकृतिमा आएका छैनन्, यसबारे पनि सम्बद्ध कम्पनीलाई ध्यानाकर्षण गरिएको छ ।' काबुल मिसन पुरा गरेर मंगलबारै इश्लामाबाद पुगेका कार्यबाहक राजदूत अर्यालले भने ‘काबुलमा सुरक्षाक्षेत्रमा सेवारत नेपालीको सुरक्षा सरोकार र संयन्त्रलाई ध्यान राख्न सम्बद्ध सबै निकायमा ध्यनाकर्षण गराएको’ प्रतिक्रिया दिए ।

अफगानस्तानमा झण्डै १० हजार नेपाली रहेको अनुमान छ । यसमध्ये करीब ७ हजार ग्रिनजोनमा र बाँकी रेडजोनमा रहेर कार्यरत छन् । काबुल बिष्फोट काण्डपछि नेपाल सरकारले तत्कालको हकमा इराक, सिरिया र लिबियासागै अफगानिस्तान पनि रोजगार प्रतिबन्ध गन्तव्य बनाएपछि त्यहाँ बसिरहेका कानूनी हैसियतका कामदार थप अन्यौलमा परेका छन् ।




काबुल विष्फोटमा मारिएका परिवारलाई जनही ३० लाख बिमा

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...