Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

मुस्ताङ, १० असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण भएको लोमान्थाङ दरबारको पुनःनिर्माण सुरु भएको छ । लोमान्थाङका स्थानीयवासी र जर्मन नागरिकको व्यक्तिगत सहयोगमा लोमान्थाङ दरबारको उत्तरपट्टिको भाग मर्मत गर्न लागिएको हो ।
लामो समयदेखि सरकारी बजेटको आश गरेका लोमान्थाङवासीले जीर्ण भाग खसेर छेउका घर र गुम्बालाई क्षति पु¥याउने देखेपछि पुनःनिर्माण गर्न लागिएको हो । माटो र काठ प्रयोग गरेर जनश्रमदानबाटै स्थानीयवासीले दरबार पुनःनिर्माण गर्न लागेको स्थानीय अगुवा इन्द्रधारा विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले दरबार पुनःनिर्माणका लागि सरकारले आश्वासन दिएपनि अहिलेसम्म बजेट प्राप्त भएको छैन । “बरु जर्मन साथीहरुले केही रकम सहयोग गर्नुभयो, त्यसबाट सामान किन्यौँ, बाँकी सबै श्रमदान हो”, उहाँले भन्नुभयो । १५औँ शताब्दीमा विशेष प्रकारका माटोले निर्मित लोमान्थाङ दरबारको उत्तर र पश्चिमपट्टिको भागमा ठूलो चिरा छ ।
भूकम्पले ऐतिहासिक महत्व बोकेको दरबारलाई क्षति पु-याएपछि पूर्वराजपरिवारका सदस्यहरु पनि चिन्तित छन् । विसं २०६२ सालदेखि निष्क्रिय रहेका पूर्वमुस्ताङ्गी राजा जिग्मे परवल विष्ट बिरामी भएर काठमाडौँमा उपचार गराइरहे पनि उनले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्ने गरेको लामो समय दरबारनजिक रहेर काम गरेका इन्द्रधारा विष्टको भनाइ छ ।

लोमान्थाङ दरबारको स्थानीयबाटै पुनःनिर्माण

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...