Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 30, 2016

प्युठान, १२ साउन । अबिरल वर्षा र बाढीको कारण प्युठानमा क्षति हुने क्रम रोकिएको छैन ।
प्युठानमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । फोप्ली–६ स्थित सिममा बुधबार विहान थप तीन जनाको मृत्यु भएको छ । त्यस्तै सोहि पहिरोमा चार जना वेपत्ता भएका छन् ।
पहिरोले थप चार घर बगाउँदा मृत्यु हुनेहरुमा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पबित्रा केसी रहेका छन् ।
त्यस्तै पहिरोमा हरिबहादुर केसी र उनकी श्रीमती बिन्दु केसी, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पिमा बुढाथोकी पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हरिबहादुर केसी माओबादी केन्द्रका केन्द्रीय सदस्य हुन ।
सोमबार रातिको भीषण वर्षापछि गएको पहिरोमा प्युठानको लुङमा ५ जना, पूजामा २ जना र खवाङमा २ जना,बुधबार बिहानको पहिरोमा फोप्ली ६ सिममा थप ३ जनाको मृत्यु भएको हो । झिमरुक खोलाले बगाएर ल्याएको ६ वटा शव भेटिएको छ । पहिरोमा २१ बेपत्ता छन् । अर्खामा मात्र ८ जना हराइरहेका छन् ।
लुङ–६, बाहानेबजारमा घर भत्किँदा स्थानीय शोभा रिजालको पुरिएर मृत्यु भएको छ । सोही ठाउँका धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा बस्ने २५ वर्षीय काली परियारको ज्यान गएको छ । बाहाने बजारमै पहिरोमा पुरिएर ११ वर्षीय प्रेम थापा, ४० वर्षीया रन्जना केसी र १२ वर्षीया सुशीला केसीको मृत्यु भएको छ ।
पूजा–१ मा सुतिरहेका बेला पहिरोले घर पुरिँदा रजवारा घर भएका सुपारी मल्ल र मुकेश मल्लको मृत्यु भएको छ । खवाङमा मत्यु भएका दुईको नाम थाहा भएको छैन र सोही ठाउँका एक बेपत्ता छन् । अर्खामा पहिरोले घरगोठ बगाउँदा ८ जना र फोप्लुमा १४ जना बेपत्ता रहेको फोप्ली गाविस सचिव पुष्पराज थापाले जानकारी दिए ।
झिमरुक नदीले बगाएर ल्याएका ६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । जिल्ला अस्पताल बिजुवारमा शब राखिएको छ । मृतकको सनाखत भएको छैन । पुरिएकाको उद्घार तथा विस्थापितलाई राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीलगायतलाई खटाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । जिल्लामा भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
जिल्लाभर बाढी र पहिरोबाट ज्यान गुमाउनेको एकीन तथ्याङ्क आउन नसकेपनि २१ जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेको जानकारी आएको जिल्ला स्थित सरकारी अधिकारीले पुष्टि गरेका छन् । पहिरोमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेकाले मृतकको संख्या वढ्ने सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरोमा २१ जनाको मृत्यु, दर्जनौ बेपत्ता

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...