त्यसपछि माइतीले उनको पनि घाँटी च्यापे, जसका कारण उनी बेहोस भएर बाँचिन । बेहोस भएकी उनी एक दिनपछि अस्पतालमा होसमा आएकी थिईन् । अर्चनाले भनेकी छिन् –‘मेरा माईतीले मेरा पतिलाई मेरै आँखा अगाडि तड्पाइ–तड्पाई मारे । पुलिससँग मेरो विन्ती मलाई न्याय दिनुहोस् ।’ उनको बयानपछि विजय नगर पुलिस चौकीका प्रभारी छत्रपाल सिंह सोलंकीले पीडित अर्चना की आमा विमला, काका गरसिंह र दुई भाई, शैलेंद्र र हरिसिंहलाई आज गिरफ्तार गरेर एक स्थानीय अदालतमा पेश गरिएको बताए । अदालतले चारै आरोपीलाई न्यायिक हिरासत ऐन अनुसार १५ दिनका लागि जेलभित्र राखेर अनुसन्धान गर्न आदेश दिएको छ । hemendra मृतक हेमेन्द्र अनुसन्धान अनुसार आरोपीहरुले विजय नगर थाना क्षेत्रको गंगादेवी नगरमा ४० वर्षीय हेमेन्द्रको कथित रुपमा घाँटी थिचेर हत्या गरेका थिए, जबकी उनकी पत्नी अर्चनालाई गम्भीर रूपमा घाइते बनाए । विजय नगर पुलिस चौकीका प्रभारी सोलंकीले बताएअनुसार अर्चनाका माईती उनको र हेमेन्द्रको एक वर्ष पहिले भएको प्रेम विवाहबाट असन्तुष्ट थिए । स्कूलदेखि कलेजसम्म सँगै पढेका उनीहरुले अर्चनाको परिवारको असहमतिमै प्रेम विवाह गरेका थिए । सोलंकीका अनुसार अर्चनाका पिता परसराम घटनापछि फरार भएका छन् । उनको खोजी भइरहेको छ । परसराम, नगर निगमका सहायक इन्जिनियर पनि हुन् ।
