प्रजनन अंगको विकासले युवायुवतीमा कौतुहलता पनि थपिदिन्छ । नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोरकिशोरी छन् । सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन् । किशोरीहरूमा शरीर चौडा हुने, स्वर अभैm सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने साथै मानसिक, भावनात्मक र व्यावहारिक परिवर्तन पनि धेरै हुन्छ । किशोरकिशोरी दुवैमा यौनांग र काखीमुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ । यसबेला विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने र यौन सम्बन्धी खोजीनीति गर्ने स्वभावको विकास हुन्छ । यसका अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, मुड परिवर्तन भइरहने, गोपनीयता रुचाउने, स्तन एवं लिङ्गको चिन्ता बढी गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने आदि यौनजन्य गतिविधि बढ्छ । युवतीमा आउन सक्ने यौनजन्य केही समस्या निम्न प्रकारका छन् । महिनावारी गडबडी प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा, तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि एक सय मिलिलिटरसम्म रक्तस्राब हुने गर्दछ । यसभन्दा तलमाथि हुनासाथ असामान्य मानिन्छ । महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तत्व फरक–फरक हुन सक्छ । नियमित महिनावारीमा बढी रगत जाने र धेरै दिनसम्म रगत आउने वा दुवै स्थितिलाई मेनोरेजिया भनिन्छ । यस्तै, छिटोछिटो हुने महिनावारी (२१ दिनको अन्तरालभन्दा कम) लाई पोलिमेनोरिया, ३५ दिनभन्दा बढी अन्तरालमा (ढिलो) हुने परिस्थितिलाई ओलिगोमेनोरिया र थोरै मात्रामा रगत जाने एवं दुई दिनभन्दा कम समयसम्म मात्र रगत जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ । यसैगरी, मासिकस्रावको अन्तराल अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ, जुन किशोरी अवस्थामा त्यति धेरै हुदैन । धेरै दिनसम्म रगत बग्ने, रगतको चोक्टाचोक्टा पनि जाने, रक्तअल्पता हुने र शरीरमा हेमोग्लोबिनको मात्रामा कमी हुने अवस्था आयो भने चिकित्सकको सल्लाह लिएर उपचार गराउनुपर्दछ । तल्लो पेट दुख्ने समस्या मेडिकल भाषामा महिनावारीका बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । यसले दैनिक क्रियाकलापमा असर पुग्नेगरी हुने पीडादायी महिनावारीलाई बुझाउ“छ । डिस्मेनोरिया कारणबिनाको (प्राथमिक) र कारक तत्वसहितको (सेकेन्डरी) गरी दुई प्रकारको महिनावारी समस्याका कारण हुन सक्छ । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलामा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ । यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रीयमा कुनै समस्या देखि“दैन । प्रायः किशोरी अवस्थामा हुने डिम्व निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याई तथा पाठेघरमा अक्सिजन अभावका कारण हुने गरेको विश्वास गरिन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिनजस्ता कतिपय पीडा कम गर्ने औषधिले यस्ताखाले डिस्मेनोरिया घटाउन सकिन्छ । मिट्टलसमर्ज सिन्ड्रोम किशोरीलाई डिम्ब निष्कासनका बेला हुने पीडालाई मिट्टलसमर्ज सिन्ड्रोम भनिन्छ । नाइटोमुनि अथवा तल्लो पेटको दाया वा बायातिर हुने यस्तो पीडा महिनावारीको मध्य समयमा देखा पर्दछ । डिम्बभित्र अत्याधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिट्चिटाहट एवं डिम्बबाहिनी नली तथा पाठेघरको खुम्च्याइका कारण यस्तो पीडा भएको हो । ढाडस तथा दुखाइ कम गर्ने सामान्य औषधिबाट यो पीडा कम गर्न सकिन्छ । कुमारित्व योनीद्वारमा हुने पातलो छालाको झिल्ली (योनिच्छद) नच्यातिएको अवस्थालाई कुमारित्व मानिन्छ । तर, यस्तो झिल्लीले योनीद्वार पूरै ढाकेको भने हु“दैन ।