तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।
घरेलु विधि प्रयोग गर्ने तरीकाः
१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।
herbal-tea
२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।
